अब्राहामको आशिषद्धारा : ज्ञानोदयको लागि उद्धारको योजना

हामीले योभन्दा अगाडिको लेखमा हेर्यौँ कि मानवजातिले सृष्टिकर्ता प्रजापतिको आराधना गर्ने कामलाई अन्य विभिन्न ताराहरू तथा ग्रहहरूलाई आराधना गरेर भ्रष्ट तुल्याएका थिए । यसकारणले गर्दा प्रजापतिले मनु÷नोआ (जो जलप्रलयमा बाँचेका थिए) को तीन जना छोराहरूको वंशलाई उनीहरूका भाषा खलबल पारेर छरपष्ट पारिदिनुभयो । त्यसैले आज विश्वमा धेरै राष्ट्रहरू भाषाको कारणले वा भाषाको आधारमा छुट्टिएर रहेका छन् । मानवजातिले विगतमा जिएका साझा जीवन वा इतिहासको प्रतिध्वनिलाई आज संसारभरी प्रयोग गरिने 7 दिनको हप्तामा तथा त्यस महान जलप्रलयको फरक स्मरणमा देख्न सकिन्छ ।

प्रजापतिले इतिहासको सुरुमा नै प्रतिज्ञा गर्नुभएको थियो कि एउटा सिद्ध मानिसको बलिदानद्वारा ‘विद्वान मानिसले अमरत्व प्राप्त गर्न सक्थ्यो’ । यो बलिदानलेचाहिँ हाम्रो बाहिरी भागलाई मात्रै शुद्ध गर्नुभन्दा पनि भित्री भागलाई शुद्ध गर्ने एउटा पूजाको रूपमा काम गर्न सक्दछ । यद्यपि, सृष्टिकर्ताको आराधनालाई भ्रष्ट तुल्याइएसाथ भर्खरै छरपष्ट पारिएका ती नयाँ राष्ट्रहरूले सुरुको प्रतिज्ञालाई बिर्सिरहेका थिए । यो प्रतिज्ञालाई आज संसारमा प्राचीन ऋग्वेद र वेद पुस्तक–बाइबलमा समेत गरेर अन्य केही मुठ्ठिभरको स्रोतहरूमा स्मरण गर्ने गरिन्छ ।

त्यसैले प्रजापतिले एउटा योजना बनाउँनुभयो । यो योजनाचाहिँ तपाईँ र मैले सोँचेजस्तो वा आशा गरेजस्तो थिएन किनभने यो योजना (हाम्रो लागि) वस्तुको परिवर्तन गर्ने काममा एकदमै सानो र अमहत्वपूर्ण देखिन्थ्यो । तर योजना यही नै थियो जुन उहाँले चुन्नुभयो । यो योजनाले ईसापूर्व २००० वर्ष (४००० वर्ष अगाडि) तिर एउटा मानिस र उसको परिवारको बोलावट तथा ऊ र उनका वंशहरूलाई आशिष प्राप्त गर्ने कामलाई चुनेमा उसलाई दिने आशिषको प्रतिज्ञालाई समेटेको पाइन्छ । यसबारेमा बाइबलले कसरी वृतान्त प्रस्तुत गर्दछ भन्ने बारेमा यहाँ दिइएको छ ।

अब्राहामलाई दिइएको प्रतिज्ञा

परमप्रभुले अब्रामलाई भन्नुभयो, “तेरो देश र तेरो कुटुम्ब तथा तेरो पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा ।”

“म तँबाट एउटा ठूलो जाति खडा गर्नेछु, र तँलाई आशिष दिनेछु; म तेरो नाउँ प्रसिद्ध गराउँनेछु, र तँ आशिषको मूल हुनेछस् । तँलाई आशिष दिनेहरूलाई म आशिष दिनेछु, र तँलाई सराप दिनेहरूलाई म सराप दिनेछु, तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउँनेछन् ,”

४ त्यसैले परमप्रभुले भन्नुभएबमोजिम अब्राम गइहाले, र लोत पनि तिनीसँग गए । हारानबाट निस्केर जाँदा अब्राम पचहत्तर वर्षका थिए । ५ अब्राम, तिनकी पत्नी साराई र तिनका भतिजा लोत र तिनीहरूले जम्मा गरेका सबै धन–सम्पत्ति र हारानमा प्राप्त गरेका मानिसहरूलाई लिएर कनान देशमा

जानलाई निस्के, अनि त्यहाँ पुगे…७ परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो र त्यसलाई भन्नुभयो “म तेरा सन्तानलाई यो देश दिनेछु ।” यसैले तिनीकहाँ देखा पर्नुभएको परमप्रभुको निम्ति तिनले त्यहाँ एउटा वेदी बनाए ।

हामीले दुःखको जीवन जिएको बेलामा हामीलाई आशा दिनलाई त्यस दुःखलाई हस्तक्षेप गरेर प्रशस्त वास्ता गर्नुहुने व्यक्तिगत परमेश्वर हुनुहुन्छ भन्ने बारेमा आज हामीहरूमध्ये धेरैजना अलमलमा वा चकित अवस्थामा रहेका छौँ । हामी यस वृतान्तको माध्यमबाट यो विचारलाई जाँच गर्न सक्छौँ किनभने यसमा एउटा खास व्यक्तिको साथमा एउटा व्यक्तिगत प्रतिज्ञा बाँधिएको छ जसको भागहरूलाई हामी पुष्टि गर्न सक्दछौँ । यस वृतान्तले यो कुराको उल्लेख गर्दछ कि परमप्रभुले अब्राहामलाई ‘म तिम्रो नाउँ प्रसिद्ध पार्नेछु’ भनी सिधै भन्नुभयो । आज हामी २१ औँ शताब्दिमा रहेका छौँ—जुनचाहिँ ४००० वर्षपछि हो— तर पनि अब्राहाम/अब्रामको नाम इतिहासमा विश्वभरी सबभन्दा बढि चिनिने नामहरूमध्ये एक हो । यो प्रतिज्ञा शाब्दिक, ऐतिहासिक तथा सहीरूपमा सत्य सावित भएको छ ।

सबभन्दा पहिला भेटिएको बाइबलको पत्र वा भाग मृत सागरको पत्रको मुठ्ठाबाट आएको हो जुन २०० देखि १०० ईसापूर्वमा लेखिएका थिए । जसको अर्थ यो हुन्छ कि यस प्रतिज्ञाको लिखित स्वरूप लेखनकालको सबभन्दा प्रारम्भिक समयमा नै दिइएको थियो । तर २०० ईसापूर्वमा अब्राहाम भन्ने व्यक्ति र उनको नाम अझै पनि राम्ररी चिनिएको थिएन तर अल्पसंख्यक यहूदीहरूको सानो समूहमा मात्रै चिनिएको थियो । त्यसैले हामी यस कुराको पुष्टि गर्न सक्दछौँ कि उसको पूर्णता केवल तब आयो जब यसलाई नविनतम समयमा लेखियो । प्रतिज्ञा पूरा हुने काम यो भएपछि मात्रै यसलाई लेखेर पूरा भएको घटना होइन ।

…उहाँको महान् जातिको कारण

जुन कुराले समानतवरले आश्चर्यचकित पार्दछ त्यो यो हो कि अब्राहामले उसको जीवनमा त्यस्तो एकदमै उल्लेखनीय काम गरेन—जुन कामले सामान्यतया एउटा मानिसको नामलाई उच्च वा प्रसिद्ध तुल्याउँदछ । उनले त्यस्तो असाधारण कुरा लेखेनन् (जसरी व्यासले महाभारत लेखे), उनले त्यस्तो ठूलो उल्लेखनीय भवनको निर्माण पनि गरेनन् (जसरी शाहजहाँले ताजमहल निर्माण गरे), उनले कुनै प्रभावशाली सैन्य सीप भएको सैनिक समूहलाई पनि नेतृत्व गरेनन् (जसरी भागवत गीतामा अर्जुनले गरे) न त उनले राजनैतिक तवरले नै नेतृत्व गरे (जसरी महात्मा गान्धीले गरे) । उनले राजा भएर कुनै राज्यमाथि शासन पनि गरेनन् । वास्तवमा उनले मरूभूमिमा पाल टाग्ने र प्रार्थन गर्ने अनि एउटा छोरोको जन्म दिनेबाहेक अन्य केही पनि गरेनन् ।

यदि तपाईँ उसबेलाको समयमा हुँदो हो त कोचाहिँ हजारौँ वर्ष पछिसम्म इतिहासमा स्मरण गरिनेछन् भन्ने कुरामा तपाईँ राजाहरू, सेनापतिहरू, योद्धाहरू, वा दरवारका कविहरू रहनेछन् भनी भविश्यवाणी गर्नुहुन्थ्यो होला । तर तिनीहरू सबैलाई बिर्सिइएका छन्—तर एकजना मानिस जसले बडो कठिनाईसाथ आफ्नो परिवारलाई मरूभूमिमा पालनपोषण गर्ने कोशिश गरे आज उनको नाउँ नै संसारभरी स्मरण गरिन्छ । उसको नाउँ यसकारणले प्रसिद्ध छन् किनकि त्यो जाति जो उसद्वारा निक्लेर आयो उसको वृतान्तको स्मरण राख्दछ— अनि व्यक्तिहरू तथा जातिहरू जो उसद्वारा निक्लिआयो त्यो एक महान् जाति बन्यो । यो ठ्याक्कै त्यही परमेश्वरको प्रतिज्ञाको उत्तर थियो जुन धेरै वर्ष अगाडि अब्राहामसँग यसो भनेर बाँधिएको थियो (म तँबाट एउटा ठूलो जाति खडा गर्नेछु…म तेरो नाउँलाई उच्च पार्नेछु ) । मलाईँ लाग्छ कि कोही पनि सबै इतिहासमा प्रसिद्ध छैनन् जोहरू छन् उनीहरू अब्राहामबाट निक्लेर आएका वंशका कारण प्रसिद्ध भएका छन् तर आफ्नो जीवनमा गरेका महान् कामका कारणबाट होइनन् ।

…प्रतिज्ञा गर्नेको इच्छाको माध्यमबाट

आज जुन मानिसहरू अब्राहामको वंशका हुन्—यहूदी—जसलाई हामी बडो महानताको साथमा सम्बद्ध गर्दछौँ तिनीहरू वास्तवमा कहिल्यै पनि एउटा जातिको रूपमा थिएनन् । तिनीहरूले कहिले पनि इजिप्टका मानिसहरूले जस्तो पिरामिड—अनि निश्चित रूपबाट बनाएको ताजमहल जस्ता ठूलाठूला वास्तुशिल्पको निर्माण पनि गरेनन् न त तिनीहरूले ग्रीकहरूले जस्तो कुनै दर्शनशास्त्र नै लेखे न त बेलायतीहरूले जस्तो वृहत क्षेत्रहरूमाथि प्रशासनिक अड्डा नै जमाए । यी राष्ट्र वा जातिहरूमध्ये सबैले यस्ता कार्यहरू आफ्ना विश्वशक्ति साम्राज्यको सन्दर्भमा गरे कि तिनीहरूको विस्तारित सिमानालाई तिनीहरूका असाधारण सैन्यशक्तिको कारण टाढाटाढासम्म फैलाए—यस्तो यहूदीहरूले कहिले पनि गरेका थिएनन् । यहूदी मानिसहरूको महानता धेरैजसो व्यवस्था तथा धर्मपुस्तक (वेद पुस्तक वा बाइबल) को कारणबाट भएको हो जुनको तिनीहरूले आफ्नै जातिका केही उल्लेखनीय व्यक्तिहरूद्वारा जन्म दिएका थिए; अनि तिनीहरू हजारौँ वर्षपछिसम्म एउटा भिन्न र केही हदसम्म फरक मानिसहरूको समूहको रूपमा रहे । वास्तवमा तिनीहरूको प्रसिद्धि वा महानता तिनीहरूले गरेका कुनै पनि कुराहरूका कारणबाट भएका होइनन्, तर जे कुरा तिनीहरूका साथमा र तिनीहरूका माध्यमबाट गरिए त्यसका कारणबाट भएका हुन् ।

आउनुहोस् अब यस प्रतिज्ञालाई अगाडि बढाइरहेको कारणलाई हेरौँ । त्यस अबस्थामा यसले स्पष्ट प्रकारले बारम्बार यो कुरालाई भन्दछ कि “म गर्नेछु…।” इतिहासमा अद्धितीयतवरले प्रस्तुत गरिएको तिनीहरूका महानता वा प्रसिद्धि एकपटक फेरि यस घोषणामा यस्तो उल्लेखनीय तरिका छ कि उहाँ सृष्टिकर्ता जो यसलाई पूर्ण गर्नुहुन्छ न कि यस ‘महान जाति’ को कुनै अन्तर्निहित योग्यता, विजय वा सामर्थ्य आदि मननयोग्य कुराहरू हुन् कि आजको संसारमा संचारमाध्यम आफ्नो बहुत अधिक ध्यानलाई इस्राएल, आधुनिक यहूदी जातिको घटनामाथि केन्द्रित गर्दछ । आज संचारमाध्यमको ध्यान विश्वका इस्राएल, आधुनिक यहूदी जातिमाथिका घटनाहरूमा खिचिएको छ । के आज तपाईँले नियमिततवरबाट हंगेरी, नर्वे, पपुवा न्यू गिनी, बोलिभिया, वा मध्य अफ्रिकी गणराज्य जस्ता विश्वमा उस्ताउस्तै आकार भएका देशहरूका बारेमा कुनै समाचार सुन्नुहुन्छ ? तर आज एक करोड जनता मात्रै भएको एउटा सानो देश इस्राएलको बारेमा लगातार र नियमित तवरले समाचारमा सुन्ने गरिन्छ ।

इतिहासमा वा मानवीय घटनामा त्यस्तो कुनै अन्तर्निहित कुरा छैन जो यस प्राचीन प्रतिज्ञाको ठीक उस्तै प्रकारले खोलेर राख्ने कारण बन्न सक्छन् कि यस प्राचीन व्यक्तिको साथमा घोषणा गरिएको थियो, किनकि उसले यस प्रतिज्ञामाथि विश्वास गर्दै विशेष तरिकामा चल्ने कामलाई चुनेका थिए । त्यस सम्भावनालाई सोच्नुहोस् जसमा यस प्रतिज्ञा केही तरिकाबाट असफल रहन सक्दथ्यो । तर यो खुल्ला रह्यो र निरन्तर खुल्ला नै रह्यो, जसरी ती हजारौँ वर्ष अगाडि घोषणा गरिएका थिए । वास्तवमा भन्ने हो भने यस घटना एकदम मजबुत रहेको छ किनकि यो पूर्णरूपबाट प्रतिज्ञा गर्नेवालाको सामर्थ्य र अधिकारमाथि आधारित छन् र जसद्वारा यो पूर्ण भएका छन् ।

त्यो पैदलमार्ग जसले अझ पनि संसारलाई हल्लाइदिन्छन्

This map shows the route of Abraham's Journey
यो नक्साले अब्राहामको यात्रालाई देखाउँदछ

बाइबलले यो कुरा उल्लेख गर्दछ कि “त्यसैले परमप्रभुले भनेबमोजिम अब्राम त्यहाँबाट निक्लिगयो” (पद ४) । उनले पैदलमार्ग भएर यात्रा गरे जुनचाहिँ यस नक्सामा देखाइएको छ जसले अझसम्म पनि इतिहास बनाइरहेका छन् ।

हाम्रो लागि आशिष

तर यो यतिमा मात्रै समाप्त हुँदैन किनभने यस प्रतिज्ञाको साथमा अन्य केही कुराहरू पनि प्रतिज्ञा गरिएका छन्। आशिष अब्राहामको लागि मात्रै होइन किनभने यसले यो पनि भन्दछ कि :

“तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउँनेछन्” (पद ४)

यसमाथि तपाईँ र मैले ध्यान दिन आवश्यक छ । हामी आर्यन, द्रविड, तमिल, नेपाली या त अन्य जे हौँ; हाम्रो जाति जे भए पनि; हाम्रो धर्म जे भए पनि, हिन्दू होस्,मुसलमान होस्, जैन होस्, सिख होस् वा इसाई नै किन नहोस त्यसले केही फरक पार्दैन, त्यस्तै गरेर हामी धनी छौँ वा गरिब, स्वस्थ छौँ वा अस्वस्थ, पढ्नलेख्न सक्छौँ वा सक्दैनौँ — ‘पृथ्वीका सबै मानिसहरू’ भन्नाले तपाईँ लगायत म पनि समावेस गरिएको भन्ने हुन्छ । आशिषको लागि यस प्रतिज्ञाको क्षेत्रले विगतदेखि आजसम्म जीवित रहेका जो तपार्इँ हामी नै हौ प्रत्येक जनालाई समेट्नु पर्दछ । तर कसरी त ? अनि कहिले त ? र कस्तो प्रकारको आशिष ? यी कुराहरूलाई यहाँ स्पष्टसँग उल्लेख गरिएका छैनन् तर यो केही कुराको जन्म भने अवश्य हो जसले तपाईँ साथै मलाईँ पनि प्रभाव पार्दछ ।

हामीले मात्रै ऐतिहासिक तथा शाब्दिक तवरले पुष्टि गरेका छौँ कि परमप्रभुले अब्राहामलाई गर्नुभएको प्रतिज्ञाको पहिलो खण्डचाहिँ सत्य सावित भएका छन् । त्यसो हो भने तपाईँ र मलाईँ उहाँले गर्नुभएको प्रतिज्ञाको खण्ड पनि सत्य सावित हुनेछन् भन्ने कुरामा भरोसा गर्ने के हामीसँग पनि असल तथा ठीक कारणहरू छैनन् र ? किनभने यो सत्यतवरबाट विश्वव्यापी र अपरिवर्तनीय प्रतिज्ञा हो । तर हामीले यस प्रतिज्ञाको सत्यलाई बुझ्नको लागि यसलाई खोल्नुपर्दछ । यस प्रतिज्ञाले हामीलाई कसरी छुनसक्छ भन्ने कुरा बुझ्नको लागि हामीलाई अन्तर्निहित ज्ञानोदयको आवश्यकता पर्दछ । अनि हामी यो ज्ञानोदयचाहिँ अब्राहामको यात्रामाथिको निरन्तर अनुशरणबाट पाउँदछौँ । संसारभरीका धेरै मानिसहरूले मोक्षको साचो प्राप्त गर्नको लागि कडा परिश्रम गरिरहेका छन्, जुन साचो यस विलक्षण मानिसको वृतान्तलाई निरन्तर अनुशरण गरेको खण्डमा हामीहरूमध्ये सबैलाई उजागर गरिएको छ ।