“राजले जस्तै: येशू ख्रीष्टको नाममा ‘ख्रीष्ट’ को अर्थ के हो?”

म धेरै जसो जब मान्छेहरूलाई सोध्छु, कि येशू अन्तिम (पछिल्लो) नाम के थियो। धेरै जसो यस्तो जवाफ दिन्छन्,

“मलाई लाग्दछ, कि उनको अन्तिम नाम ‘ख्रीष्ट’ थियो, तर म यस प्रति निश्चत छैन।”

तब मैले सोध्ने गर्दछु,

“यदि यो सत्य हो भने जब येशू एउटा केटो थिए तब के युसुफ ख्रीष्ट र मरियम ख्रीष्ट सानो येशू ख्रीष्टलाई आफ्नो साथमा बाजार लिएर जाने गर्द थिए?”

यसलाई यसरी भन्दा, उनीहरुलाई थाहा भयो, कि येशूको अन्तिम नाम ‘ख्रीष्ट’ थिएन। यस प्रकार, अब ‘ख्रीष्ट’ के हो? यो कहाँ बाट आयो? यसको अर्थ के हो? धेरै जसो को लागि यो आश्चार्यको कुरा हुनसक्छ, ‘ख्रीष्ट’ एउटा यस्तो उपाधि हो, जसको अर्थ ‘शासक’ वा ‘शासन’ संग छ। यो उपाधि त्यो राजाको जस्तो होइन, जस्तो ब्रिटिश राज्य मा पाइन्दछ, जसले दक्षिण एशियामा धेरै दशक सम्म राज गरे।

भाषान्तरण बनाम लिप्यंतरण

यसलाई हर्नुको लागि, सबैभन्दा पहिले अनुवाद अर्थात् भाषान्तरणको केहि सिद्धान्तहरुलाई हेर्नु पर्छ। अनुवादक कहिले कहिँ विशेष रूपले  नाम र शीर्षकको लगि, अर्थको अपेक्षा त्यस किसिमको ध्वनि  शब्दहरुलाई भाषान्तरणको लागि चुनाव गर्दछन्। यसलाई लिप्यंतरण  को नामले जानिन्छ। उदाहरणको लागि, कुंभ मेला हिन्दीको कुंभ मेला अंग्रेजी लिप्यंतरण हो। यद्यपि शब्द मेलाको अर्थ ‘प्रदर्शनी’ वा ‘पर्व’ संग छ, तर यसलाई धेरै जसो अंग्रेजीमा समान ध्वनि जस्तै शब्द अर्थात् कुंभ प्रदर्शनीको अपेक्षा कुंभ मेलाको रूपमा नै उपयोग गरिद्छ। किनकी बाइबलको लागि, अनुवादकहरुले यो निर्णय लिनुपर्छ,  नाम र उपाधिहरु सर्वोत्तम रूपले अनुवादित भाषामा भाषान्तरण (अर्थद्वारा) वा लिप्यंतरण (ध्वनिद्वारा) कुन माध्यमले उचित अर्थ दिन्छ। यसको लागि कुनै विशेष नियम छैन।

प्राचिन संग्रह

बाइबल सबैभन्दा पहिले 250 ईशा पूर्वमा तब अनुवाद भएको थियो, जब हिब्रू पुरानो करारलाई ग्रीक भाषा – त्यस समयको अन्तराष्ट्रीय भाषामा अनुवाद गरिएको थियो। यस भाषान्तरणलाई प्राचिन संग्रह  (वा LXX) को नामले चिनिन्छ, र यो धेरै नै अधिक प्रभावशाली छ। किनभने नयाँ करार ग्रीक भाषामा नै लेखिएको थियो, त्यसैले यसमा दिएको पुरानो करारको धेरै उद्धरणहरुलाई प्राचिन संग्रह बाट नै लिएको हो।

प्राचिन संग्रहमा भाषान्तरण एवम् लिप्यंतरण

तल दिएको चित्रले यस प्रक्रियालाई देखाउद छ र यसले कसरी आधुनिक-दिनको बाइबललाई प्रभावित पर्दछ

मूल भाषाहरुले आधुनिक-दिनको बाइबलमा भाषान्तरको प्रवाह
मूल भाषाहरुले आधुनिक-दिनको बाइबलमा भाषान्तरको प्रवाह

मूल हिब्रू पुरानो करार (1500 देखि – 400 ई.पू. सम्म लेखिको थियो) लाई चित्र-खण्ड # 1 मा देखाएका छ। किनकी प्राचिन संग्रह 250 ईशा पूर्वमा लेखिएको थियो त्यसैले हिब्रू –> ग्रीक भाषान्तरलाई चित्र-खण्ड #1 देखि #2 को तर्फ जादै गरेको तीरको चिन्हले देखाएको छ। नयाँ करार ग्रीकमा लेखिएको थियो ( (50–90 ईस्वी सन्), त्यसैले यसको अर्थ यो भयो #2 मा दुवै नै पुरानो र नयाँ करार सम्मेलित छ । चित्र को तल्लो आधा भाग (#3) बाइबलको एउटा आधुनिक भाषामा भाषान्तरण गरिएको छ । यहाँ सम्म पुग्नलाई पुराने करार लाई मूल हिब्रू भाषा (1 -> 3) र नयाँ करारलाई ग्रीक (2 -> 3) देखि भाषान्तरित गरिएको हो।  पहिला बताए जस्तै, अनुवादकहरुले  नामहरु र उपाधिहरुलाई निर्धारित गर्नु पर्ने हुन्छ । यसलाई हरियो तीरहरुको प्रतीक चिन्हहरुको साथ लिप्यंतरण  र भाषान्तरणको शब्दहरुको साथ यो दर्शौदै देखिएको छ, कि अनुवादकले कुनै पनि दृष्टिकोणलाई लिन  सक्छ ।

‘ख्रीष्ट’ को  उत्पत्ति

अब हामी माथि दिएको प्रक्रियाको अनुसरण गर्ने छौ, तर यस समय हामी हाम्रो ध्यान लाई ‘ख्रीष्ट’ शब्द माथि केन्द्रित गर्नेछौ।

'ख्रीष्ट' बाइबलमा कहाँबाट आउछ?
‘ख्रीष्ट’ बाइबलमा कहाँबाट आउछ?

उपाधिहामी देख्न सक्छौ, कि मूल हिब्रू पुरानो करारमा  उपाधि ‘מָשִׁיחַ’ (मसीहीयाख़) दिएको छ, जिसको  शाब्दिक अर्थ ‘अभिषिक्त वा  प्रतिष्ठित’ व्यक्ति संग छ जस्तै एउटा राजा वा  शासक इत्यादि। पुरानो करारको समयविधिमा हिब्रू राजाहरु राजा बनिनु भन्दा पहिले (अनुष्ठानिक रीतिले तेल मल्नु) अभिषिक्त गरिन्थियो, यस प्रकारले तिनीहरु अभिषिक्त  वा  मसीहीयाख़  हुन्थिए । तब तिनीहरु शासक बन्द  थिए, तर उनिहरुको शासन परमेश्वरको स्वर्गीय शासनको अधीनतामा,उहाँको व्यव्यस्थाको अनुसार हुने गर्दथियो ।यस भावार्थमा, पुरानो करारको एउटा हिब्रू राजा दक्षिण एशियाको भूतपूर्व राज्यपालको जस्तै हुने गर्थे। राज्यपाल दक्षिण एशियाको ब्रिटिश क्षेत्रहरुको माथि शासन गर्दथे,तर तिनीहरु यस्तो ब्रिटेनको सरकारको अधीनतामा , त्यसको व्यवस्थाको पालन गर्ने  गर्दथे। पुरानो करार एउटा निश्चित रूपले विशेष मसीहायाख़ को आउने भविष्यद्वाणी (‘निश्चित’ शब्दको साथ) लाई गरिएको थियो, जुन एउटा विशेष राजा होलान। जब प्राचिन संग्रह अनुवाद लाई 250 ईस्वी सन् मा भाषान्तरित गरिएको थियो, तब अनुवादकहरुले ग्रीक भाषामा समानार्थ शब्दलाई क्रिओ मा आधारित हुन्, Χριστός (क्रिस्टोस  जस्तो ध्वनि) को चुनाव गरे,जसो अर्थ अनुष्ठानिक रूपले तेल मल्लु हो। यस प्रकारले हिब्रू भाषाको शब्द ‘मसीहीयाख़’ को भाषान्तरण अर्थ द्वारा (न कि ध्वनि को द्वारा लिप्यंतरण गर्दै) Χριστός (क्रिस्टोसको  उच्चारण) को रूपमा ग्रीक प्राचिन संग्रहमा गरिएको थियो । नयाँ करारको लेखक निरन्तर शब्द क्रिस्टोस को उपयोग येशूको पहिचानको लागि गरिरहे, जसको भविष्यवाणी ‘मसीहीयाख़’को रूपमा गरिएको थियो ।

तर जब हामी युरोपको भाषाहरुको कुरा गर्छौँ, तब हामी यो पाउछौ, कि ग्रीक शब्द ‘क्रिस्टोस’  को सामानार्थ कुनै पनि स्पष्ट शब्द न पाएकोले यसको भाषान्तरण ‘क्राईस्ट’ अर्थात् ख्रीष्ट गरियो। ‘ख्रीष्ट’ शब्द पुरानो करारमा आधारित हिब्रू देखि ग्रीकमा भाषान्तरित  हुँदै र त्यस बेला ग्रीक देखि आधुनिक भाषाहरुमा लिप्यंतरित  हुँदै एउटा विशेष शब्द हो। हिब्रू पुरानो करारको भाषान्तरण सिधै धेरै आधुनिक भाषाहरुमा गरिएको छ  र अनुवादकहरुले मूल हिब्रू शब्द ‘मसीहीयाख़’ को सम्बन्धमा विभिन्न निर्णयहरुलाई लिएका छन्। केहि बाइबलीय शब्द ‘मसीहीयाख़’ को लिप्यंतरण ‘मसीह’ शब्द द्वारा रूपान्तरित गर्दै गरिएको हो, अन्य यसको अनुवाद ‘अभिषिक्त’ को अर्थ द्वारा गर्दछ, र अन्य यसका लिप्यंतरण ‘क्राईस्ट’ शब्द द्वारा रूपान्तरित गर्दै गरिएको छ। क्राईस्ट वा ख्रीस्त (मसीह) को लागि हिन्दी शब्द लाई अरबी देखि लिप्यंतरित गरिएको हो, जसको बदलामा मूल हिब्रू भाषा देखि लिप्यंतरित भएको थियो। त्यसैले ‘मसीह’ को उच्चारण मूल हिब्रू भाषासँग धेरै निकटता मा छ, जब कि अन्य शब्द क्राईस्ट को लिप्यंतरण अग्रेजी ‘क्राईस्ट’ देखि भएको हो र यसको ध्वनि ‘क्राइस्त’ जस्तो छ। क्राईस्ट (ख्रीष्ट) को लागि नेपाली शब्द को लिप्यांतरण ग्रीक क्रिस्टोस  बाट भएको हो र त्यसैले यसलाई ख्रीष्ट  शब्दले उच्चारित गरिद्छ।

किनकि हामी पुरानो करारमा ‘मसीह’ शब्दलाई सामान्य रूपले नहेर्ने हुँदा, यसको सम्बन्ध पुरानो करार देखि सदैव प्रगट हुदैन। तर यस अध्ययन बाट हामीले जान्दछौँ, कि बाइबल आधारित ‘ख्रीष्ट’ = ‘मसीह’ = ‘अभिषिक्त’ सबै एक हुन् र यो एउटा विशेष उप थियो।

पहिलो शताब्दीमा प्रत्याशित ख्रीष्ट

यस बोधको साथ, आउनोहोस सुसमाचारहरु बाट केहि विचारहरुलाई प्राप्त गरौँ। तल राजा हेरोद को त्यस बेलाको प्रतिक्रिया दिइएको छ, जब ज्योतिषी यहूदिहरुको राजासँग भेटघाट गर्न उनीहरु कहाँ आए, जुन कि क्रिसमिसको कथाको एउटा राम्रोसंग परिचित हिस्सा हो। ध्यान दिनुहोस्, ख्रीष्टको लागि ‘निश्चित’ वाक्यको उपयोग गरिएको छ, यद्यपि यसले विशेष रूपले येशूको बारेमा उद्धृत गरेको छैन।

जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो। अनि तिनले सबै मुख्य पुजारीहरु र जनताका शास्त्रिहरुलाई भेला गरे, र ख्रीष्टको जन्म कहाँ हुने हो? भनि सोधपूछ गरे। (मत्ती 2:3-4)

तपाईं यस निश्चित वाक्यमा ‘ख्रीष्ट’ को विचार देख्न सक्नुहुन्छ, जसलाई हेरोद र उनका प्रधानहरु मध्य राम्रोसंग बुझेका थिए – यहाँ सम्म कि येशूको जन्म हुनु भन्दा पहिले- र यो यहाँ निर विशेष रूपले येशूको लागि उद्धृत नभई उपयोग भएको हो। यो देखिन्छ, कि ‘क्राईस्ट’ अर्थात् ख्रीष्ट पुरानो करारबाट आएको हो, जुन पहिलो शताब्दीमा मानिसहरुद्वारा (हेरोद र उनका प्रधाहरु जस्तै) ग्रीकको प्राचिन संग्रह मा पाएको एउटा सामान्य पठन थियो। ‘क्राईस्ट’  एउटा नाम होइन, यद्यपि एउटा उपाधि हो (र आज पनि छ), यसले एउटा शासक वा राजाको संकेत दिदछ। त्यसैले नै हेरोद ‘चिन्तामा थिए’ किनकि उनले एउटा अर्को राजा हुने संभावनालाई स्वयंको लागि खतरा महसूस गरे। हामीले यस हास्यास्पद विचारलाई इन्कार गर्न सक्छौं, कि ‘ख्रीष्ट’ ख्रीष्टीय विश्वासीहरू द्वारा आविष्कृत गरिएका थिए वा यो कुनै ठुलो व्यक्ति जस्तै 300 ईस्वी सन्मा सम्राट कन्सटेनटाईन द्वारा अविष्कृत गरिएको थियो। यो उपाधि हजारौं वर्ष पहिले देखि कुनै ख्रीष्टिय विश्वासीको आगमन वा कन्सटेनटाईन द्वारा शासन गर्न भन्दा धेरै पहिले बाट नै प्रचलनमा थिए।

‘ख्रीष्ट’ सम्बन्धी पुरानो करारको भविष्यवाणीहरु

‘ख्रीष्ट’ पद सबैभन्दा धेरै भजन संग्रहमा दाऊद द्वारा 1000 ईशा पूर्व – येशूको जन्म भन्दा धेरै पहिले लेखिएको प्रगट भयो। आउनुहोस यो सबैभन्दा पहिले प्रगटीकरणहरुलाई हेरौं।

परमप्रभु र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्वीका राजाहरू खड़ा हुन्छन्‌, र शासकहरू आपसमा सल्लाह गर्छन्‌… स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्नुहुन्छ, परमप्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ… “मैले आफ्नो पवित्र पर्वत सियोनमा मेरो आफ्नो राजालाई नियुक्त गरेको छु।” परमप्रभुको यो आदेश म घोषणा गर्नेछु, उहाँले मलाई भन्नुभयो, “तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु”…ती सबै धन्य हुन्‌, जो उहाँको शरण पर्दछन्। (भजनसंग्रह 2:2-7)

यहाँ निर यो संदर्भ दिइएको छ तर यो ग्रीक भाषान्तरण प्राचिन संग्रहमा आधारित छ।

परमप्रभु र उहाँका अभिषिक्त जनको विरुद्धमा… पृथ्वीका राजाहरू… र शासकहरू आपसमा सल्लाह गर्छन्‌… स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्नुहुन्छ, परमप्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ… यो भन्नुभयो…., (भजन संग्रह 2)

अब तपाईं यस संदर्भमा ख्रीष्टलाई पहिलो शताब्दीको पाठकको रूपमा ‘हेर्न’ सक्नुहुन्छ। भजन संग्रहले यस आउने वाला ख्रीष्टको बारेमा धेरै संदर्भहरुलाई दिइएको छ। म तल दिइएको हिब्रू भाषा-आधारित संदर्भलाई ग्रीक लिप्यंतरणमा ‘ख्रीष्टीय’ शब्दको साथमा राख्दै छु, ताकि तपाईं यसलाई हेर्न सक्नुहुन्छ।

भजनसंग्रह 132 हिब्रू भाषा मा भजनसंग्रह  132 – ग्रीक भाषी प्राचिन संग्रहमा
हे परमप्रभु,… 10तपाईंका दास दाऊदको खातिर तपाईंका अभिषिक्तलाई इन्कार नगर्नुहोस्। 11परमप्रभुले दाऊदसँग एउटा गंभिर शपथ खानुभयो, जसबाट उहाँ तर्किनुहुन्न: “म तेरो सिंहासनमा तेरा छोराहरूमध्ये एक जनालाई बसाल्नेछु-… 17“यहाँ म दाऊदको निम्ति एउटा सीङ उत्पन्न गर्नेछु, र मेरो अभिषिक्तको निम्ति एउटा बत्ती तयार गर्नेछु। 18म त्यसका शत्रुहरूलाई शर्मको वस्त्र पहिराउनेछु, तर त्यसका शिरको मुकुट प्रकाशमय हुनेछ।” हे परमप्रभु,… 10तपाईंका दास दाऊदको खातिर तपाईंका अभिषिक्तलाई इन्कार नगर्नुहोस्। 11परमप्रभुले दाऊदसँग एउटा गंभिर शपथ खानुभयो, जसबाट उहाँ तर्किनुहुन्न: “म तेरो सिंहासनमा तेरा छोराहरूमध्ये एक जनालाई बसाल्नेछु-… 17“यहाँ म दाऊदको निम्ति एउटा सीङ उत्पन्न गर्नेछु, र मेरो अभिषिक्तको निम्ति एउटा बत्ती तयार गर्नेछु। 18म त्यसका शत्रुहरूलाई शर्मको वस्त्र पहिराउनेछु, तर त्यसका शिरको मुकुट प्रकाशमय हुनेछ।”

तपाई देख्न सक्न्नु हुन्छ, कि भजन संग्रह 132 मा भविष्य काल मा कुरा गर्दछ (“…म दाऊदको एउटा  का एक सींग उगाऊँगा…”)। यो ख्रीष्टको बारेमा बुझ्नको लागि  अति महत्वपूर्ण छ ।यो जति अधिक स्पष्ट हुन  सक्छ, त्यति नै छ, कि पुरानो करारले भविष्य-तर्फ देखाउदै ख्रीष्ट”’को बारेमा भविष्यवाणीहरु गर्दछ । हेरोद यसबाट परिचित थिए। उनलाई त मात्र उनको प्रधानहरुको आवश्कता यी भविष्यवाणीहरुको  विशेषताहरु जान्नको लागि थियो । यहूदी सदैव देखि उनिहरुको  मसीह (या क्राईस्ट) को प्रतीक्षामा थिए। यो सत्य हो कि आज पनि ख्रीष्ट को आगमनको प्रतीक्षा गर्दैछन्,येशू वा नयाँ करार देखि कुनै लिनु दिनु छैन, तर यसको अपेक्षा पुरानो करारको भविष्य-को –तर्फ  हेर्ने हरु पूर्व-ज्ञानीहरु  र भविष्यवाणीहरु पूरा भएको तर्फ देखाउछ।

पुरानो करारमा भविष्यवाणी गरेको यो क्राईस्ट (वा  मसीह वा  अभिषिक्त) भूतपूर्व ब्रिटिश राज्यको सम्बन्धमा एउटा उतिकै महत्वपूर्ण थियो । जसरी एउटा राज्यपालले ब्रिट्रिश भारतको धेरैजसो सानो सानो राजाहरु माथि शासन गरे, जब कि ब्रिटेनको सरकारको अधिकारमा रहेर, ख्रीष्टको लागि भविष्यवाणी गरिएको थियो, कि उहाँ एक दिन ‘जातिहरु ‘ माथि परमेश्वर को  अधिकारको अधीनमा  रहेर राज्य गर्नु हुनेछ (भजन संग्रह 2:1)।

यदि नासरतको येशू नयाँ करारले घोषित गरेको यही भविष्यवाणीका ख्रीष्ट थिए, तब त राज्यपाल र ‘ख्रीष्ट ‘ को मध्य कोहि  महत्वपूर्ण भिन्न्नता पाइन्छ। राज्यपाल सैन्य शाक्तिको साथ आए र उनिहरुले ठुलो सामर्थ द्वारा बाहिरी अधीनतालाई लागू गरेका थिए। येशू धेरै अधिक नम्रताको साथ र सेवकको रूपमा  आउनु भयो, कि उनको समयमा नै हेरोद जस्तो शाक्तिहरु आश्चर्यमा परे । येशू ख्रीष्टले सबैभन्दा पहिले हाम्रो  पाप र मृत्यु बाट स्वतंत्रताको आवश्यकता लाई  पूरा गर्नुभयो, र हामीलाई सबैभन्दा पहिले प्रेम गर्नु द्वारा र यहाँ सम्म कि आजको दिन सम्म पनि, हाम्रो  निष्ठालाई हाम्रो आन्तरिक मन देखि प्राप्त गर्न चाहनुहुन्छ।सारा जातिहरु बाट स्वयंको निमित्त आफ्नो मानिसहरुलाई जीते पश्चात् नै उह्हंले आफ्नो बाहिरी शासनलाई स्थापित गर्नु हुन्छ। येशूले यसलाई एउटा ठुलो वैवाहिक भोजको निमत्रंणाको साथ सम्बन्धित गर्नु भएको छ, र धेरै धनी र शाक्ति प्राप्त मानिसहरु संग यस निमत्रंणालाई इन्कार गर्ने बहाना छ । निर्धन,अपांग, आन्धा र लंगडो यस पर्वमा धेरै सँख्यामा आउद छन ( मत्ती 22मा हेर्नुहोस )। धेरै धनी, शाक्तिशाली र यस जीवन बाट सम्बन्धित मानिस शासनको लाभहरूको गवाही दिनछन ।त्यसैले विचार गर्नको लागि अति महत्वपूर्ण प्रश्न यो हो, कि के  पुरानो करारको ख्रीष्ट नै येशू हो। भाग्यवस , पुरानो करारले नै यसमा हाम्रो सहायता गर्न सक्छ ।

पुरानो करारको   भविष्यवाणिहरु  : एउटा ताला-र-चाबी पद्धिमा एउटा ताला जस्तै

किनकि  पुरानो करारले स्पष्टताको साथ भविष्यको भविष्यवाणी गर्दछ, यो मानवीय साहित्यको विशाल समुद्रको पार एउटा निकै सानो   समूहको रूपमा खड़ा भएको छ ।यो एउटा ढोकाको ताला जस्तै हो । एउटा तालालाई एउटा निश्चित आकारमा निर्मित गरिन्छ ता कि यसमा केवल एउटा निश्चित ‘चाबी’ ले मात्र यसको आकारको अनुरूप कार्य गर्दै यसलाई खोल्न सक्छ ।यसरी नै पुरानो करार एउटा ताला जस्तै हो । ‘ख्रीष्ट ‘ सम्बन्धी स्पष्टीकरण भजन संग्रह को केवल यी दुई अध्याहरुमा मात्र नभई, जुन हामीले माथि हेरेका थियौ, तर साथ मा यो अब्राहमको बलिदान, आदमको उत्पत्तिमोशाको फसह  मा पनि पाइन्छ।तर यो पुरानो करारको 800-400 ईशा पूर्वको समयविधिमा रहेका  भविष्यवक्ता हो, जस द्वारा आउनु हुने ख्रीष्टको स्पष्टीकरण अझै धेरै स्पष्ट हुन् जान्छ, जसले हामीलाई यो कुराको जाचँ गर्ने  अनुमति दिन्छ, कि के येशू नै वास्तवमा भविष्यद्वाणी गरिएको ‘ख्रीष्ट’ थिए वा थिएन्न –जसको अध्ययन हामी अर्को लेखमा गर्ने छौ।