ऋषि अब्राहामको बलिदानको चिन्ह

धेरै समय अगाडि नै अब्राहामबाट, एउटा, ठूलो जाति खड्डा गर्नेछु भनी परमप्रभुले अब्राहामलाई दिनुभएको प्रतिज्ञालाई हामीले हेरेका छौँ । यहूदी र अरबका मानिसहरू अब्राहामको वंशबाट आएका हुन्, त्यसैले त्यस प्रतिज्ञा सत्य सावित भएको हामी जान्दछौँ र उनीचाहिँ इतिहासमा एउटा महत्वपूर्ण व्यक्ति हुन् । किनभने जुन प्रतिज्ञा अब्राहामलाई दिइएको थियो त्यस प्रतिज्ञाप्रति उनले भरोसा गरेको कारण धार्मिकता प्राप्त गरे र मोक्ष प्राप्त गरे जुन मोक्षचाहिँ उनले कुनै कठोर परिश्रमद्वारा नभई एउटा व्यक्तिले सामान्यरूपमा कुनै उपहार सित्तैमा प्राप्त गरेजस्तै गरी प्राप्त गरे ।

केही समयपश्चात्, अब्राहामले लामो समयसम्म प्रतिक्षा गरेको छोरो इसहाक प्राप्त गरे (जसबाट आज यहूदीहरू आफ्ना पूर्वजहरू आएका हुन भनी ठान्दछन्) । अब्राहाम विस्तारै जवान भए । तर परमप्रभुले अब्राहामलाई अचानक नाटकीय रूपबाट जाँच गरे । यसबारेमा पूर्ण विवरण तपाईँ यहाँ पढ्न सक्नुहुन्छ र हामी यस रहस्यात्मक जाँचको अर्थलाई उजागर गर्ने तथ्यहरूलाई हेर्नेछौँ—जसले गर्दा हामीलाई हाम्रो लागि कसरी धार्मिकता दिइएको थियो भन्ने कुरा बुझ्न सहायता पुग्दछ ।

अब्राहामको जाँच

यो जाँचको आरम्भ परमेश्‍वरले दिनुभएको नाटकीय आदेशद्वारा हुन्छ :

उहाँले भन्नुभयो, “तेरो छोरो, अर्थात तैले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँडामा त्यसलाई होमबलि गर् ।” (उत्पत्ति २२: २)

परमेश्‍वरले दिनुभएको आदेशको पालनको क्रममा अब्राहाम ‘अर्को दिनको सबेरै बिहान उठे’ र ‘तीन दिनको यात्रापछि’ उनीहरू त्यस डाँडामा पुगे । अनि

जब तिनीहरू परमेश्‍वरले बलिदानको बारेमा बताउँनुभएको ठाँउमा पुगे; तब अब्राहामले त्यहाँ एउटा वेदी बनाएर दाउरा तह लगाएर राखे । त्यसपछि तिनले आफ्नो छोरो इसहाकलाई बाँधेर त्यस वेदीमा दाउरामाथि राखे । १०अनि अब्राहामले आफ्नो छोरोलाई बलि गर्न छुरी उठाए । (उत्पत्ति २२:९–१०) ।

अब्राहाम परमेश्‍वरको आज्ञापालन गर्नको लागि तयार थिए । तर कुनै उल्लेखनीय घट्ना घट्यो :

११तर परमप्रभुका एकजना दूतले स्वर्गबाट तिनलाई हपारेर भने, “अब्राहाम ! अब्राहाम !”

तिनले भने, “म यहीँ छु ।”

१२उनले भने “तेरो हात त्यस केटामाथि नउठा,” र   “त्यसलाई केही हानी नगर ।” अब मैले थाहा पाँए तैँले परमेश्‍वरको भय मान्दोरहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरोलाई पनि मबाट तैले रोकेर राखिनस् ।”

१३अब्राहामले माथितिर हेरे र एउटा भेड्डा झाड्डीमा सिङ अल्झेर फसेको देखे । अब्राहाम गएर त्यस भेड्डालाई ल्याए र तिनका छोरो इसहाकको सट्टामा त्यसैलाई होमबलि गरे । (उत्पत्ति २२: ११–१३)

अन्तिम क्षणमा आएर इसहाकलाई मृत्युबाट बचाइयो र अब्राहामले एउटा भेड्डालाई देखे र इसहाकको सट्टामा त्यसै भेड्डालाई बलि दिए । परमेश्‍वरले एउटा मन्नको प्रवन्ध गर्नुभयो र मन्नले इसहाकको ठाउँ लियो ।

भविष्यतिर हेर्दै :  बलिदान

अनि अब्राहामले त्यस ठाउँको नाँउ राखे । हेर्नुहोस् है त उनले त्यस ठाउँको नाँउ के राखे ।

यसकारण अब्राहामले त्यस ठाउँको नाँउ परमप्रभुले जुटाउनुहुन्छ राखे । परमप्रभुको डाँडामा जुटाइनेछ भनी आजपर्यन्त पनि भनिन्छ । (उत्पत्ति २२:१४)

परमप्रभुले जुटाउनुहुन्छ भनी अब्राहामले त्यस ठाउँको नाँउ राखे । अब यहाँ एउटा प्रश्न उठ्छ । त्यो नाँउ भूतकाल, वर्तमान काल वा भविष्यत् काल कुन कालमा लेखिएको छ त? त्यो नाँउ स्पष्टरूपमा भविष्यत् कालमा लेखिएको छ । र अगाडि आउनेवाला टिप्पणीले पनि यसबारेमा अझ स्पष्टरूपबाट दोहोन्याँदछ “…यसको उपाय अप्नाइनेछ ”।  यो पनि भविष्यत् कालमा नै छ – त्यसैले यसले भविष्यलाई देखाइरहेको छ । तर यो नाँउ दिने कामचाहिँ इसहाकको सट्टामा (एक पुरूष) भेड्डालाई बलि दिएपश्चात् भएको हो । धेरै जनाले सोच्ने गर्दछन् कि अब्राहामले त्यस ठाउँको नाउँ त्यसरी राख्ने बेला उनले झाड्डीमा अल्झेर रहेको र उसको छोरोको सट्टामा बलि दिएको भेड्डालाई उल्लेख गरिरहेका थिए । तर यसबेला सम्ममा बलि दिने काम र जलाउने काम अघि नै भइसकेका थिए । यदि अब्राहामले त्यस भेडा्लाई त्यसरी उल्लेख वा सोचिरहेका थिए भने –त्यो त अघि नै मरिसकेका, बलि दिइएका र जलाइसकिएका थिए–अनि उनले परमेश्‍वरले जुटाउनुभयो भनी त्यस ठाउँलाई नाँउ दिएकोहुनसक्थ्यो, जुन भूत् कालमा हुन्थ्यो । ‘अनि आजको दिनसम्म पनि “परमेश्‍वरको डाँडामा जुटाइयो”’ भनी त्यस टिप्पणीलाई उल्लेख गरिएको हुन्थ्यो । तर अब्राहामले यसलाई स्पष्टरूपमा भविष्यत्तकालमा नाँउ राखे र त्यसैकारणले गर्दा उनले अघि नै बलि दिएका र मरिसकेका भेड्डालाई उल्लेख गरिरहेका थिएन । उसलाई केही भिन्न कुराप्रति आत्मजागृत गराइएको थियो । उसमा भविष्यको बारेमा केही कुराप्रति आत्मबोध थियो तर त्यो के थियो त ?

जहाँ बलिदानको घटना घट्यो

तपाईँ त्यस डाँडालाई सम्झनुहोस् जहाँ परमेश्‍वरद्वारा अब्राहामलाई बलिदानको निम्ति जान भनिएको थियो :

“तेरो छोरो, अर्थात तैले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा जा… ।” (पद २)

यसरी यो घटना ‘मोरीयाह’ देशमा घट्यो । त्यो कहाँ छ त ? यद्यपि योचाहिँ अब्राहामको समय (ईसापूर्व २०००) मा जङ्गली क्षेत्र थियो, एक हजार वर्ष पछि  (ईसापूर्व १०००) मा राजा दाउदले त्यहाँ यरूशलेम सहर स्थापना गरे र उनको छोरा सोलोमनले त्यहाँ पहिलो मन्दिर निर्माण गरे । हामी पछि पुरानो करारको ऐतिहासिक पुस्तकमा हेर्दछौँ कि :

तब सोलोमनले तिनका पिता दाउदले परमप्रभुको दर्शन पाएर यबूसी अरौनाको खलामा एउटा स्थान तयार पारेका यरूशलेमको मोरीयाह डाँडामा परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे, (२ इतिहास ३: १)

अर्को शब्दमा भन्नुपर्दा, अब्राहामको समयामा (ईसापूर्व ४०००) ‘मोरीयाह डाँडा’ जङ्गलमा रहेको एउटा एकान्त र सुनसान पहाड थियो तर त्यसको १००० वर्षपछि दाउद र सोलोमनको माध्यमबाट इस्राएलका मानिसहरूका लागि एउटा मुख्य सहर बन्यो जहाँ तिनीहरूले सृष्टिकर्ताको लागि मन्दिर निर्माण गरे । अनि आजसम्म यहूदी मानिसहरूका लागि एउटा पवित्र स्थान र इस्राएल देशको लागि राजधानी भएको छ ।

येशू ख्रीष्टयेशू सत्संगर अब्राहामको बलिदान

अब येशूले पाउनुभएको नाम वा उपनामहरूका बारेमा सोच्नुहोस् । येशूसँग आफूसँग सम्बधित धेरै उपनामहरू छन् । यसमा सायद सबभन्दा सुपरिचित उपनामचाहिँ ‘ख्रीष्ट’ हो । तर उहाँलाई दिइएको एउटा अर्को उपनाम पनि उहाँसँग छ जुनचाहिँ एकदमै महत्पूर्ण छ । हामी उहाँको यस महत्वपूर्ण उपनामलाई यूहन्नाको सुसमाचारको पुस्तकमा बप्तिस्मा दिने यूहन्नाले उहाँको बारेमा यसो भन्दै गर्दा देख्दछौँ :

भोलिपल्ट उनले (बप्तिस्मा दिने यूहन्ना) येशू (येशू सत्संग) लाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरको थुमा । उनी उहाँ नै हुनुहुन्छ जसको विषयमा मैले भनेको थिएँ, ‘मपछि एकजना मानिस आउनुहुन्छ जो मभन्दा उच्च हुनुहुन्छ किनभने उहाँ मभन्दा अघिबाटै हुनुहुन्थ्यो”’। (यूहन्ना १: २९–३०)

अर्को शब्दमा भन्दा, येशू परमेश्‍वरको थुमा को रूपमा चिनिनुभयो । अब तपाईँ येशूको जीवनको अन्तको बारेमा विचार गर्नुहोस् । उहाँलाई कहाँ पक्राउ गरियो र क्रुसमा चढ्ढाइयो ? उहाँलाई यरूशलेममा पक्राउ गरिएको थियो (जसलाई हामीले = ‘मोरियाहको डाँडा’ को रूपमा हेरेका छौँ) । यो कुरालाई उहाँको पक्राउको बेलामा स्पष्टसँग दिइएको छ किः

अनि उहाँ हेरोदको इलाकाका मानिस रहेछन् भन्ने थाहा पाएर उनले [पिलातस] उहाँलाई हेरोदकहाँ पठाइदिए, ती दिनमा हेरोद आफै पनि यरूशलेममा थिए । (लूका २३: ७)

येशूको पक्राउ, जाँच र क्रुसको दुःख सबै यरूशलेम (= मोरीयाहको डाँडा) मा नै भयो । तल दिइएको समयरेखाले मोरीयाह डाँडामा घटेका सबै घटनाहरूलाई देखाउँदछ ।

इतिहासमा मोरीयाहको डाँडामा घटेका मुख्य घटनाहरू
इतिहासमा मोरीयाहको डाँडामा घटेका मुख्य घटनाहरू

आउँनुहोस् अब फेरि अब्राहामको बारेमा सोचौँ । उनले त्यस ठाउँको नाँउ किन ‘परमेश्‍वरले जुटाउनुहुनेछ’ भनी भविष्यत कालमा राखे ? भविष्यमा केही कुरा ‘जुटाइनेछ’ भनी उनले कसरी जान्न सक्यो त जो अति नजिकबाट उस्तै घटना घट्यो जस्तो कि उसले मोरीयाहको डाँडामा गरेका थिए ? यसबारेमा सोच्नुहोस्—अब्राहामको जाँचमा अन्तिम क्षणमा आएर इसहाक (उसको छोरो) लाई मृत्युबाट बचाइयो किनभने इसहाकको सट्टामा एउटा भेड्डालाई बलि दिइयो । यसको दुई हजार वर्षपछि आज येशू ख्रीष्टलाई ‘परमेश्‍वरको थुमा’ भनिन्छ र उहाँलाई सोही स्थानमा बलि दिइएको छ ! ‘यही नै त्यस स्थान’ हुनसक्छ भनेर अब्राहामले कसरी जानेको हुनसक्छ त? यदि उसमा प्रजापति जो सृष्टिकर्ता आफैबाट आत्मजागृति भएको अवस्थामा मात्र उसले कुनै उल्लेखनीय कुराको बारेमा जानेको हुन तथा भविष्यवाणी गर्न सक्थ्यो ।

एउटा प्रकट गरिएको ईश्वरीय मन

मानौँ कि यहाँ यस्तो मन छ जसले दुईवटा घटनाहरू जो २००० वर्षको इतिहासमा छुट्टिएका छन् त्यसलाई उसको स्थानको कारणले गर्दा जोडेको छ ।

अब्राहामको बलिदान एउटा चिन्ह थियो—जसले अगाडिको २००० वर्षलाई—हामीलाई येशूको बलिदानको बारेमा सोच्नको लागि संकेत गरिरहेको थियो ।
अब्राहामको बलिदान एउटा चिन्ह थियो—जसले अगाडिको २००० वर्षलाई—हामीलाई येशूको बलिदानको बारेमा सोच्नको लागि संकेत गरिरहेको थियो ।

यो चि त्रले कसरी पहिलेको घटना (अब्राहामको बलिदान) ले पछिल्लो घटना (येशूको बलिदान) लाई उल्लेख गर्दछ भन्ने कुरालाई देखाउँदछ र यसको रचना हामीलाई यस पछिल्लो घटनाको स्मरण दिलाउनको लागि गरिएको थियो । प्रमाण यो हो कि यो मन (सृष्टिकर्ता) ले हजारौँ वर्ष अगाडि छुट्टिएको घटनाहरूलाई समन्वय गर्दै उहाँ आफैलाई हाम्रो माझमा प्रकट गरिरहनुभएको छ । यो एउटा चिन्ह हो कि परमेश्‍वर अब्राहाममा भएर बोल्नुभयो ।

तपाईँ र मेरो लागि एउटा शुभ समाचार

यो वृतान्त धेरै व्यक्तिगत कारणहरूले गर्दा हाम्रो लागि महत्वपूर्ण छ । निष्कर्षमा जानुपर्दा, परमेश्‍वरले अब्राहामलाई यो घोषणा गर्नुभयो कि

“…तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन् : किनकि तैँले मेरो वचन पालन गरिस् ” (उत्पत्ति २२: १८)

तपाईँको भाषा, धर्म, शिक्षा, उमेर, लिङ्ग, वा धनसम्पत्ति जे जस्तो नै भए पनि के तपाईँ यस ‘पृथ्वीका सबै जातिहरू’ मध्ये कुनै एकसँग सम्बन्धित हुनुहुन्न र ? अनि विशेषगरी तपाईँलाई दिइएको यो एउटा प्रतिज्ञा हो ! यो कुरा याद गर्नुहोस् कि यो प्रतिज्ञाचाहिँ परमेश्‍वर स्वयंबाट दिइएको एउटा ‘आशिष’ हो ! यो केवल यहूदीहरूलाई मात्र दिइएको आशिष थिएन तर सारा संसारका मानिसहरूलाई दिइएको थियो ।

यो ‘आशिष’ कसरी दिइयो त ? ‘वंश’ भन्ने शब्द एकवचनमा दिइएको छ । यो धेरै पूर्खाहरू वा मानिसहरू भन्ने शब्दमा जस्तो ‘वंशहरू’ भनी प्रयोग गरिएको छैन तर ‘ऊ’ भनेजस्तो एकवचनमा प्रयोग गरिएको छ । योचाहिँ ‘तिनीहरू’ भनेजस्तो धेरै मानिसहरू वा मानिसहरूको समूहद्वारा भएको होइन । यो इतिहासको सुरुमा दिइएको प्रतिज्ञासँग अक्षरस समानान्तर छ, जब ‘ऊ’ यहूदी वेदमा वर्णन गरिएको सर्पले ‘कुर्कुच्चो डस्नेछ’ साथै पुरूषासूकतामा दिइएको (ऊ) अर्थात पुरूषाको बलिदानको प्रतिज्ञासँग समानान्तर छ । यस चिन्हको साथ उही स्थान — मोरीयाह डाँडा (= यरूशलेम) को भविष्यवाणी यो प्राचीन प्रतिज्ञाको बारेमा अधिक विवरण दिदै गरिन्छन् । अब्राहामको बलिदानको नाटकको विवरणले हामीलाई यो आशिष कसरी दिइएको छ र धार्मिकताको लागि कसरी मूल्य तिरिएकोहुन सक्छ भन्ने कुरा बुझ्नको लागि सहायता गर्दछ ।

परमेश्‍वरको आशिष कसरी प्राप्त गरिन्छ

जसरी थुमाले इसहाकको सट्टामा मरेर उनलाई मृत्युबाट बचाए, त्यसरी नै परमेश्‍वरको थुमाले पनि उहाँको बलिदानीपूर्ण मृत्युले हामीलाई मृत्युको दण्ड र शक्तिबाट बचाउनुभयो । यसबारेमा बाइबलले यसरी घोषणा गर्दछ कि

…पापको ज्याला मृत्यु हो (रोमी ६: २३)

भनाइको यो एउटा अर्को तरिका हो कि हामीले गर्ने पापले कर्मलाई जन्माउँदछ जसले मृत्युको परिणाम दिन्छ।  तर मृत्युको छाँयालाई थुमाद्वारा इसहाकको ठाउँमा भएर तिरिदिनुभएको छ । अब्राहाम र इसहाकले सामान्यतया यस कुरालाई स्वीकार्नु थियो । उनी यसको लागि योग्य थिएन र  हुनसक्ने पनि थिएन । तर उनले यसलाई एउटा उपहारको रूपमा प्राप्त गर्न सक्थ्यो । यही वास्तवमा त्यो कुरा हो कि कसरी उसले मोक्ष प्राप्त गरे

हामीले जुन शैली वा ढाँचाको अनुशरण गर्नुपर्ने हो त्यो शैली वा ढाँचालाई यसले देखाँउदछ । येशू ‘परमेश्‍वरको थुमा हुनुहुन्थ्यो जसले संसारको पापलाई उठाएर लैजानुहुन्छ’ । यसमा तपाईँको पाप पनि पर्दछ वा तपाईँको पाप पनि उहाँले लैजानुहुन्छ । त्यसैले येशू जो थुमा हुनुहुन्छ, उहाँले तपाईँको पापको मोल तिरिसक्नुभएको कारण तपाईँको पापलाई उठाइलैजानको लागि उहाँले तपाईँलाई प्रस्ताव गर्नुहुन्छ । यसरी तपाईँको पाप येशूले उठाइलैजाने काममा तपाईँ योग्य त हुनुहुन्न तर तपाईँले यो उहाँबाट एउटा उपहारको रूपमा प्राप्त गर्न सक्नुहुन्छ । येशू जो पूरूषा हुनुहुन्छ उहालाई आफ्नो हृदयमा बोलाउँनुहोस् र तपाईँको पापलाई उठाइलैजानको निम्ति उहाँलाई भन्नुहोस् । उहाँलाई तपाईँको पाप उठाइलैजानको लागि शक्ति उहाँले क्रुशमा गर्नुभएको बलिदानले दिन्छ । हामी यो जान्दछौँ किनभने यसले संयोगवश मोरीयाह डाँडामाथि अब्राहामले आफ्नो छोरोलाई दिन लागेको  बलिदानको उल्लेखनीय वृतान्तलाई पहिले नै बताएको थियो, ठीक त्यही स्थान जहाँ २००० वर्षपछि यसको ‘प्रबन्ध येशूद्वारा गरिएको’ थियो ।