जीवनको सन्तुष्टिको खोजीमा काव्यात्मक ज्ञान

सुलेमान, एउटा प्राचिन राजा आफ्नो ज्ञानको लागि प्रसिद्ध छन, जसले लगभग 950 ईसा पूर्व मा धरै कविताहरुलाई लेखे जुन बाइबलको पुराने नियमको भाग हो। जीवनको सन्तुष्टि प्राप्त गर्नको लागि जे पनि उनले गरे उनले त्यसलाई उपदेशक  नामक पुस्तकले वर्णित गर्दछ। उनी लेख्दछन:

“मैंले आफ्नो मनमा विचार गरे, ‘आऊ, ‘अब असल कुरोचाहिँ के हो भनी पत्ता लाउन म सुख-विलाससित तिम्रो जाँच गर्नेछु।‘…. दाखमद्य पिएर तथा मूर्खतालाई अँगालेर मैले आफैलाई प्रफुल्‍ल तुल्‍याउन कोशिश गरें– मेरो मनले अझै मलाई बुद्धिद्वारा डोर्‍याउँदैथियो; आकाशमुनि यस छोटो जीवनमा मानिसहरूका निम्‍ति असल काम के हो सो जान्‍न भनी मैले इच्‍छा गरें।

मैले ठूला योजनाहरू थालें; मैले मेरो निम्‍ति घरहरू बनाएँ। मैले दाखको खेत स्‍थापना गरें, मैले बगैँचाहरू र उद्यानहरू बनाएँ र तिनमा सबै प्रकारका फलफूलका रूखहरू रोपें, लहलह बढ्‌दैगरेका वृक्षहरूका उद्यानहरूलाई सिँचाइ गर्न मैले पानीका ठूला-ठूला जलाशयहरू बनाएँ, मैले कमाराकमारीहरू किनें र मेरो घरमा जन्‍मेका अरू कमारा-कमारी पनि थिए। मअघि यरूशलेममा हुने अरू कुनैका पनि मेरा भन्‍दा धेरै गाईबस्‍तुका बथान र भेड़ाबाख्राहरूका बगाल थिएनन्‌।
मैले मेरो निम्‍ति सुन र चाँदी तथा राजाहरू र देश-देशबाट धन-सम्‍पत्ति थुपारें; मैले गायक र गायिकाहरू र एउटा स्‍त्रीगृह पनि मानिसका हृदयको मनोरञ्‍जनको निम्‍ति प्राप्‍त गरें, यरूशलेममा मेरो अघिका सबैभन्‍दा म धेरै महान्‌ भएँ। यी सबैमा मेरो बुद्धि मसँगै रह्यो, मेरा आँखाले अभिलाषा गरेको केही प्राप्‍त गर्न मैले आफैलाई इन्‍कार गरिनँ, कुनै सुख-विलास मेरो हृदयलाई मैले इन्‍कार गरिनँ। मेरा सारा कामहरूमा मेरो हृदय आनन्‍दित भयो, र योचाहिँ मेरा सबै परिश्रमको फल थियो।” (उपदेशक 2:1-10)

धन, प्रसिद्धी, बुद्धि, ठुलो ठुलो काम, स्त्रिहरु, आमोद-प्रमोद, राज्य, जीविकाको लागि जीवनवृति, दाखमध इत्यादि…सुलेमानले यी सबैलाई पाए –र यसलाई कुनै पनि अन्य व्यक्ति ले आफ्नो र हाम्रो दिनहरु बाट अधिकले पाए। आइंस्टीनको तीव्रबुद्धि, चौधरी ग्रुप वा पूर्व राजा ज्ञानेन्द्रको  धन, नेपाली फिल्मी हीरो राजेश हमाल को  सामजिक/यौन सम्बन्धी जीवन, राजकीय वंशवलीसंग सम्बन्धित हुनुको गुण, ठीक त्यसतै नै जसरी  कि बिट्रेनको राजकीय परिवारमा राजकुमार विलियमको साथ छन – यो सबै एक साथ मिलेर त्यसमा पाईद थियो । यस्तो संयोजनलाई कसले पराजित गर्न सक्छ ? तपाई सोच्नु हुन्छ होला कि उनले त सबै मानिस मध्य एक्लै नै सन्तुष्टिलाई पाए होलान्।

उनी द्वारा लेखिएको कविताहरुको एउटा संग्रह, श्रेष्ठगीतमा, जुन बाइबलमा नै पाईद छ, त्यो उनी द्वारा गरिएको कामुकताले भरिएको, गर्मीले भरिएको प्रेम सम्बन्धलाई वर्णित गर्दछ – यस्तो प्रसंग जसले आफ्नो संभावना जीवन-पर्यन्त सन्तुष्टिलाई सबभन्दा अधिक प्रदान गर्न को लागि जन्निछ । पूर्ण कविता यहाँ तल दिएको छ। तर  यहाँ निर त्यस कविताको त्यो भाग दिइएको छ जसमा उनको र उनको प्रेमिकाको मध्यमा प्रेम हुदै गरेको अदला-बदली दिएको छ।

वर

9हे मेरी प्‍यारी, मैले तिमीलाई

फारोको रथकी राम्री घोड़ीसित तुलना गरेको छु।
10कानमा लगाउने लुर्कनले तिम्रा गाला र

सुनको सिक्रीले सजिएको तिम्रो घाँटी

कति राम्रा छन्‌।
11हामीले तिम्रो लागि चाँदीको जलप लाएका

सुनका लुर्कन बनाउनेछौं।

वधू

12महाराजा आफ्‍नो टेबिलमा बस्‍नुहुँदा,

मेरो अत्तरले आफ्‍नो बास्‍ना फिँजायो।
13मेरा प्रेमी मेरो छातीमा झुण्‍डिने  मूर्रले भरिएको

थैलीजस्‍तै मलाई लाग्‍छ।
14मलाई मेरा प्रेमी एन-गदीका दाखबारीका

फुलेको मेहदीको झुप्‍पाझैँ लाग्‍छ।

वर

15हे मेरी प्‍यारी, तिमी कत्ति सुन्‍दरी छ्यौ!

हो, कत्ति सुन्‍दरी!  तिम्रा आँखाहरू ढुकुरजस्‍ता छन्‌।

 

वधू

16हे मेरा प्रेमी, तपाईं असाध्‍यै सुन्‍दर हुनुहुन्‍छ!

हो, कत्ति सुन्‍दर!  र हाम्रो ओछ्यान हरियाली छ।

वर

17हाम्रो घरका दलिनहरू देवदारुका छन्‌,

र छाना सल्‍लाका हुन्‌।  म त शारोनको गुलाफ

वधू

3वनमा भएका रूखहरूमध्‍ये स्‍याउको रूखजस्‍तै

पुरुषहरूका बीचमा मेरा प्रेमी हुनुहुन्‍छ।

त्‍यस छहारीमा म बड़ो आनन्‍दले बस्‍छु

अनि उहाँको फलको स्‍वाद मलाई साह्रै मीठो लाग्‍छ।
4उहाँले मलाई भोजको गृहमा लानुभएको छ,

र ममाथि भएको उहाँको झन्‍डा प्रेम हो।
5मलाई सजीव पार्न किसमिसको परिकार दिनुहोस्‌,

स्‍याउले मलाई ताजा बनाउनुहोस्‌  किनभने म प्रेमले शिथिल भएकी छु।
6उहाँको देब्रे हात मेरो शिरमुनि छ,

र उहाँको दाहिने हातले मलाई अँगालो हालेको छ।
7यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्छु,

मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा:

आफूले नचाहेसम्‍म प्रेमलाई नउठाओ वा नजगाओ।। (श्रेष्ठगीत 1:9-2:7)

लगभग 3000 वर्ष पुरानो, यस कवितामा बालीवुडको सर्वोत्तम प्रेम सम्बन्धी फिल्महरुको तीव्र रोमांस मिलद छ। वास्तवमा बाइबलले यो वर्णित गर्दछ कि उनले आफ्नो आपार धनले आफ्नो लाई 700 पटरानिहरुलाई प्राप्त अरे! यो बालीवुड वा हालीवुडको सबै भन्दा सफल प्रेमिहरु मध्य निकै अधिक छ। त्यसैले तपाई सोच्नु  हुन्छ होला कि यस सबै किसिमको प्रेमलाई पाएर उनी सन्तुष्टि भए होलान्। तर फेरि पनि यी सबै किसिमको प्रेमको, सबै किसिमको धनको, सबै किसिमको प्रसिद्धिको तर्फ  ज्ञान भएता पनि – उनी यो निष्कर्ष निकाल्द छन:

“उपदेशकको यो वचन हो कि, “व्‍यर्थ नै व्‍यर्थ, पूर्ण रूपमा व्‍यर्थ! सबै व्‍यर्थ हुन्‌’’… आकाशमुनि जे-जे गरिन्‍छन्‌ ती सबै ज्ञानद्वारा अध्‍ययन र अनुसन्‍धान गर्न मैले आफ्‍नो मनमा निश्‍चय गरें। कति ठूलो अभिभारा परमेश्‍वरले मानिसहरूमाथि राखिदिनुभएको छ! सूर्यमुनि गरिएका सबै काम मैले देखेको छु। ती सबै व्‍यर्थ हुन्‌, बतासलाई खेदेको जस्‍तो मात्र।” (उपदेशक 1:1-14)

“…तापनि मेरा हातहरूले गरेका सबै कार्यहरू र प्राप्‍त गर्नलाई मैले परिश्रम गरेका सबै कुरा जब मैले निरीक्षण गरें, तब प्रत्‍येक कुरा व्‍यर्थ थियो। बतासलाई खेदेको जस्‍तो मात्र रहेछ। सूर्यमुनि केही उपलब्‍धि भएन… . तब सूर्यमुनि गरेका मेरा सबै परिश्रम र मेहनतलाई सम्‍झेर म स्‍वयम्‌ निराश भएँ… यो पनि व्‍यर्थ, र ठूलो दुर्भाग्‍य हो।  सूर्यमुनि आफैले गरेका सबै मेहनत र चिन्‍तासहितको परिश्रमबाट मानिसले के पाउँछ र? “त्‍यो पनि व्‍यर्थै हो।”  (उपदेशक 2:11-23)

उनिद्वारा दर्शाइएको आमोद-प्रमोद, धन, कार्य, जीवनवृति, रोमांटिक प्रेमको प्रतिज्ञा अन्तमा सन्तुष्टी प्रदान गर्दछ, एउटा छल मात्र थियो। तर ठीक यही त्यो सन्देश जसलाई आज तपाई र म सुन्दछौ कि यही नै सन्तुष्टिको निश्चित मार्ग हो। सलोमनको कविताले हामीलाई पहिलाई बाट बताएको छ कि उनी यिनी तरीकाहरुको माध्यम बाट सन्तुष्टिलाई प्राप्त गर्न सक्दैन थिए।

सलोमन आफ्नो कवितामा जीवनको जस्तै मृत्युको विषय माथि पनि चिन्तन प्रगट गर्दछ:

मानिसको भाग्‍य पशुको झैँ हुन्‍छ। ती दुवैको एउटै दशाले प्रतीक्षा गरिरहन्‍छ। एउटा जसरी मर्छ, अर्को पनि त्‍यसरी नै मर्छ। सबैको एउटै सास हुन्‍छ। मानिसहरूको पशुभन्‍दा बढ़ी सुविधा हुँदैन। हरेक कुरा व्‍यर्थ हो;

सबै एउटै ठाउँमा जान्‍छन्‌, किनभने सबै धूलोबाट आएका हुन्‌ र सबै धूलोमा फर्किजान्‍छन्‌;
मानिसको आत्‍माचाहिँ उँभोतिर र पशुको तल माटोमा जान्‍छ भनी कसले जान्‍दछ र?” (उपदेशक 3:19-21)

किनभने धर्मात्‍मा र दुष्‍ट, असल र खराब, शुद्ध र अशुद्ध, बलि चढ़ाउनेहरू र बलि नचढ़ाउनेहरू सबै सामान्‍य अन्‍त्‍यका साझेदार हुन्‍छन्‌। असल मानिसलाई झैँ पापीलाई पनि हुन्‍छ। शपथ खानेहरूलाई झैँ शपथ खान डराउने मानिसहरूलाई पनि हुन्‍छ; सूर्यमुनि हुने प्रत्‍येक काममा दुष्‍टता छ। सबैलाई एकै अन्‍त्‍य आइपर्छ। मानिसहरूका हृदय दुष्‍टताले भरिएका हुन्‍छन्‌, र तिनीहरूका जीवनकालभरि नै तिनीहरूका हृदय पागलपनाले भरिन्‍छन्‌, अनि त्‍यसपछि तिनीहरू मरेकाहरूसँग मिल्‍नजान्‍छन्‌; बाँचिरहनेहरूका साथमा हुनेसँग आशा हुन्‍छ। जिउँदो कुकुरको स्‍थिति मरेको सिंहको भन्‍दा असल हो; किनभने हामीहरू मर्नेछौं भनी जीवितहरूले जान्‍दछन्‌, तर मरेकाहरूले त केही पनि जान्‍दैनन्‌। तिनीहरूका निम्‍ति केही प्रतिफल हुँदैन। तिनीहरूको सम्‍झना पनि लोप हुन्‍छ। (उपदेशक 9:2-5)

किन बाइबल, एउटा पवित्र पुस्तक, सम्पन्नता र प्रेमको प्राप्तिको बारेमा कविताहरुलाई वर्णित गर्दछ – किनकी यो ठीक त्यहि कुराहरु हो जसलाई हामी पवित्रतासंग संबद्ध गर्दैनौ?हामी मध्य अधिकांशले यो अपेक्षा गर्दछौ कि पवित्र पुस्तकले जीवन यापन गर्नको लागि तपस्या, धर्म र नौतिक विचारधाराहरुको विचार विर्मश गरोस् । र किन सलोमन बाइबलमा मृत्युको लागि यसरी अन्तिम र निराशावादी तरीकले लेख्दछन?

सलोमन द्वारा लिइएको मार्ग लाई, जसमा सामान्यत: संसारको सबै कुराहरुको  प्राप्तको प्रयास गरिएको छ, स्वयंको लागि जीवन जिउनु थियो, जीवनको अर्थ, आमोद-प्रमोद वा आदर्श कुनै पनि वस्तुलाई पाउनको लागि कुनै कुरालाई चुन्नु थियो। तर यसको अन्त सलोमनको लागि राम्रो थिएन – सन्तुष्टि अस्थाई र छलले भरिएको थियो। उनले बाइबलमा दिएको कविताहरु एउटा ठुलो चेतावनीको रूपमा  रहेको छ –“त्यसमा नजाऊ – त्यसले तपाइलाई निराश गर्नेछ!” किनकी लगभग हामी मध्य सबै त्यही मार्गमा हिड्ने कोशिश गर्नेछौ जसमा सलोमन हिडे त्यसैले यदि हामीले उनको सुन्छौ भने हामी बुद्धिमान हौ।

सुसमाचार –सलोमनको कविताहरुको उत्तर

येशू ख्रीष्ट (येशू सत्संग) यधपि बाइबलमा लेखिएको सबैभन्दा परिचित व्यक्ति हुनुहुन्छ। उहाँले पनि जीवनको बारेमा यस कथनलाई भनेका छन। वास्तवमा उनले भने:

“…म त तिनीहरूले जीवन पाऊन्‌, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ” (यूहन्ना 10:10)

“हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्‍ना आत्‍मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।”(मत्ती 11:28-30)

जब येशू यो भन्नुहुन्छ कि सलोमन द्वारा आफ्नो कविताहरुमा लेखिएको निरर्थकता र निराशाको लागि उत्तर दिन्छ।हुन सक्छ, यधपि, यहाँ निर सलोमनको पथ-को-अन्तको लागि एउटा उत्तर हो। समग्रमा, सुसमाचारको शाब्दिक अर्थ नै ‘शुभ सन्देश’ हो । के सुसमाचार वास्तवमा शुभ सन्देश हो? यसको उत्तर पाउनको लागि हामीसंग सुसमाचार द्वारा दिइएको समझ हुनु आवश्यकता छ। यसको साथमा हामी एउटा नासमझ आलोचक बनि बिना सुसमाचार दावाको जाँच गर्दै– सुसमाचारको बारेमा तर्किक रूपले सोच्नु आवश्यता छ।

जब म आफ्नो कहानीलाई यहाँ निर सांझा गर्छु,तब मैले यसको लागि यो यात्रा गरिएको हो।यस बैबसाईट मा दिएको लेख यसकारण हो कि तपाई स्वयं आफ्नो लागि सुसमाचारको शुभ सन्देशको खोजी गर्नुहोस।