के बाइबल (वेद पुस्तक) साहित्यक रूपमा विश्वसनीय छ?

परमेश्वरले इतिहासमा कसरी कार्य गर्नुभयो यसलाई वर्णित गर्दै बाइबलले आत्मिक सत्यहरुलाई प्रदान गर्दछ। यो त्यहाँ बाट आरम्भ हुन्छ जहाँ परमेश्वरले मानिसको सृष्टि आफ्नो स्वरूपमा गर्नुभयो र फेरी प्रथम मानिसको सामना गर्नुभयो र एउटा बलिदानको लागि भन्नुभयो ‘जो’ आउने वाला हुनुहुन्थ्यो र जसको बलिदान हुनेछ। यसको पश्चात् ऋषि अब्राहमको पुत्रको स्थानमा एउटा भेडाको बलिदानको विशेष घटना र ऐतिहासिक फसहको घटना घटित भयो। यो प्राचीन ऋग वेदको समान्तर चल्दछ जहाँ निर हाम्रो पापहरुको लागि बलिदानको मांग गरिएको छ र यो प्रतिज्ञा दिइएको छ कि यो पुरूषाको बलिदान को साथ प्रगट हुने छ। यो प्रतिज्ञाहरु प्रभु येशू मसीह (येशू सत्संग) को जीवन, शिक्षाहरु, मृत्यु एवं पुनरूत्थान बाट पुरा भएको हो। तर प्रतिज्ञाहरु र पूर्णताहरु ऐतिहासिक हुन्। त्यसैले, यदि बाइबललाई आत्मिक सत्यतालाई प्रदान गर्नुको लागि सत्य हुन्छहुन्छ भने यसलाई ऐतिहासिक रूपले विश्वसनीय पनि हुनु पर्दछ। यसले हामीलाई हामीले गरिएको प्रश्नको तर्फ लिएर जान्छ: के बाइबल (वेदपुस्तक) साहित्यक रूपले विश्वसनीय छ? र कसरी  कोहिले यो जान्न सक्छ कि यो छ वा छैन?

हामीले यो भन्दै आरम्भ गर्छौं कि केहि समय बिते पश्चात बाइबलको मूलपाठ (को शब्द) कही परिवर्तित त भएको छैन। जसलाई साहित्यक विश्वसनीयता ले जानिन्छ, यो प्रश्न यसकारण उठ्दछ किनकी बाइबल अत्याधिक प्राचीन हो। धेरै जसो पुस्तक छन् जोसंग मिलाएर बाइबलको निर्माण भएको हो, र सबै भन्दा अन्तिम पुस्तक लगभग दुई हज़ार वर्ष पहिले लेखिएको थियो। अधिकांश मध्यवर्ती शताब्दीमा छपाई, फोटोकॉपी मशीन वा प्रकाशन कम्पनिहरुको कुनै सुविधा थिएन। त्यसैले यी पुस्तकहरुलाई हातद्वारा लेखिन थियो, एउटा पीढ़ी पश्चात् दोस्रो पीढ़ी आउदा सम्म, भाषाहरु समाप्त भयो र नयाँ भाषाहरु आउदै गयो, साम्राज्य परिवर्तित हुदै गए र नयाँ शाक्तिहरु आउदै गयो। किनकी मूल पांडुलिपिहरु धेरै पहिले नै लोप भएको थियो, त्यसैले हामीले कसरी यो जान्न सक्छौं कि आज हामी बाइबलमा जे पनि पढ़द छौँ त्यसैलाई वास्तवमा मूल लेखकहरुले नै धेरै पहिले नै लेखेका थिए? के यो जान्नको लागि कुनै ‘वैज्ञानिक’ तरीका छ कि जसलाई हामीले आज पढ़द छौँ त्यो धेरै पहिले लेखिएको मूल लेखहरु जस्तै नै छ वा भिन्न छ?

साहित्यक आलोचनाको सिंद्धान्त

यो प्रश्न कुनै पनि प्राचीन लेखको लागि सत्य छ। तल दिइएको आंकडाले यस प्रक्रियालाई चित्रित गर्दछ जसमा अतीतको सबै प्राचीन लेखहरुलाई समय व्यतीत हुनुको साथै सुरक्षित राखिन्थ्यो ता कि हामीले यिनीहरुलाई आज पढ़न सकौं। तल दिइएको आँकडा 500 ईसा पूर्व (यस तिथिलाई केवल एउटा उदाहरणलाई दर्शाउनको लागि चुनिएको हो) को एउटा प्राचीन दस्तावेजको उदाहरणलाई प्रर्दशित गर्दछ।

समयरेखाको उदाहरणले यो प्रदर्शित गर्दछ कि कसरी मूलपाठ समयमा भएर चल्दछ।
समयरेखाको उदाहरणले यो प्रदर्शित गर्दछ कि कसरी मूलपाठ समयमा भएर चल्दछ।

मौलिक रूप अनिश्चितकाल सम्मको लागि रहदैन, त्यसैले यो नष्ट हुनु भन्दा, हराउनु भन्दा, वा नाश हुनु भन्दा, पहिले एउटा पांडुलिपि (पांडु लि) को प्रतिलिपि तैयार गरिद्छ (1 प्रतिलिपि)। अनुभवी व्यक्तिको एउटा श्रेणी जसलाई शास्त्री भनि पुकारिन्छ प्रतिलिपिलाई बनाउने कार्य गर्द छन्। जसो जसो समय व्यतीत हुन्छ, प्रतिलिपिहरुबाट अरु प्रतिलिपि (2 प्रतिलिपि र 3 प्रतिलिपि) तैयार गरिन्छ। कुनै समयमा एउटा प्रतिलिपिलाई संरक्षित गरिन्छ जुन आज पनि अस्तित्वमा छ (3 प्रतिलिपि)। हामीले उदाहरण दिइएको आँकडामा यस अस्तित्वमा भएको प्रतिलिपिलाई 500 ईसा पूर्वमा बनाएर देखाएको छ। यसको अर्थ यो हो कि जति धेरै पुरानो मूलपाठको दस्तावेजको अवस्था लाई हामीले जान्न सक्छौं त्यो केवल 500 ईसा पूर्व वा यस पछिको हो किनकी यस भन्दा अघिको सबै पांडुलिपिहरु लोप भए। 500 ईसा पूर्व बाट 500 ईस्वी सन् को मध्य 1000 वर्ष (जसलाई आंकडामा x को चिन्हले देखाएको छ) त्यो अवधि हो जसमा हामीले कुनै पनि प्रतिलिपिको जाँच गर्न सक्दैनौ किनकी सबै पांडुलिपिहरु यस अवधिमा लोप भए। उदाहरणको लागि, यदि प्रतिलिपि बनाएको समय कुनै त्रुटि (अन्जानमा वा जनीबुजी) भएको जुन समय 2 प्रतिलिपिलाई 1 प्रतिलिपि देखि बनाउदै थिए, तब हामीले त्यसलाई पत्ता लगाउनको लागि सक्षम हुदैनौ किनकि यस मध्य कुनै पनि दस्तावेज अब एक अर्काको तुलना गर्नको लागि उपलब्ध छैन। वर्तमानमा उपलब्ध प्रतिलिपिहरु (x अवधि) को उत्पति हुनु भन्दा पहिले यो समयाविधि यसकारण साहित्यक अनिश्चितताको अन्तराल हो। परिणामस्वरूप, एउटा सिद्धान्त जो साहित्यक विश्वसनीयताको बारेमा हाम्रो प्रश्नको उत्तर दिन्छ त्यो यो हो कि ति अधिक छोटो यो अन्तराल x हुनेछ तेतिनै अधिक हामी हाम्रो आधुनिक दिनहरुमा दस्तावेजको सटीक रूपले संरक्षणमा आफ्नो विश्वसनीयतालाई राख्न सक्छौं, किनकी अनिश्चयतताको अवधि कम हुद्छ।

यसमा कुनै सन्देह छैन, कि आज अकसर एउटा पांडुलिपिको एउटा भन्दा धेरै दस्तावेजको प्रतिलिपि अस्तित्वमा छ। मान्नुहोस् कि हामीसंग यस किसिमको दुइवटा पांडुलिपिहरुको प्रतिलिपिहरु छन र हामीले त्यी दुवैको एउटा भागमा यस निम्नलिखित वाक्यांशलाई पाउद छौँ (मैले यसलाई अंग्रेजीमा उदाहरणको कारण लेख्दछु, तर वास्तविक पांडुलिपि यूनानी, लैटिन वा संस्कृति जस्तो भाषामा छन्):

केहि पांडुलिपिहरुको साथ साहित्यक भिन्नता
केहि पांडुलिपिहरुको साथ साहित्यक भिन्नता

मूल लेखमा कि त सुरेशको बारेमा लेखिएको छ वा त सुमेशको बारेमा लेखिएको छ, र बाकीको यी अन्य पांडुलिपिहरुको प्रतिलिपि बनाएको समयमा त्रुटि पाइन्छ। प्रश्न यो उठ्दछ – कि यी मध्य कुनमा त्रुटि पाइन्छ? उपलब्ध प्रमाणले यो निर्धारित गर्नु अत्यन्त कठिन छ।

अब मानि लिनुहोस हामीले एउटा लेखको नै दुई भन्दा अधिक पांडुलिपिहरुलाई प्राप्त गरेको छौँ, जस्तो तल देखाएको छ:

धेरै पांडुलिपिहरुको साथ साहित्यक भिन्नता
धेरै पांडुलिपिहरुको साथ साहित्यक भिन्नता

अब यो तार्किक परिणाम निकालनु सजिलो हुन्छ कसरी पांडुलिपिमा त्रुटि हुन्छ। यो संभावना धेरै छ कि त्रुटि एक पटक मात्र भएको हुनु सक्छ, यसको अपेक्षा की एउटा जस्तै त्रुटि तीन पटक पुनरावृत्ति भयो, यसकारण यो संभावना अधिक छ पांडुलिपि #2 को प्रतिलिपिमा त्रुटि छ, र लेखकले सुरेश को बारेमा लेखिएको छ, न कि सुमेशको बारेमा।

यो एउटा सरल उदाहरण हो कि एउटा अर्को सिद्धान्त जसलाई हामीले पांडुलिपिको साहित्यक रूपले विश्वसनीय हुनुको जाँचको लागि उपयोग गर्नु सक्छौं त्यो: जति धेरै प्रचलित पांडुलिपिहरु थिए र जो उपलब्ध , तेतिनै अधिक मूल लेखको शब्दहरुको सही त्रुटिहरुलाई पत्ता लगाउन र सही गर्नु र निर्धारित गर्नु सजिलो हुन्छ

पश्चिमको महान् पुस्तकहरुको साहित्यक आलोचना

हामीसंग बाइबलको साहित्यक विश्वसनीयतालाई निर्धारित गर्नको लागि दुइवटा संकेतहरु छन:

  1. वास्तविक संकलन र प्रांरम्भिक प्रचलित पांडुलिपिको प्रतिलिपिहरुको मध्य समयलाई नाप्नु, र
  2. प्रचलित पांडुलिपिको प्रतिलिपिको सँख्यालाई गणना गर्नु।

किनकी यो संकेत जुन प्राचीन लेखको माथि लागू हुद्छ छ त्यसैले हामीले यसको उपयोग दुवै अर्थात् बाइबल र साथै अन्य प्राचीन लेखहरुको माथि लागू गर्न सक्छौं, जस्तो कि तल दिइएको तालिकाहरुमा दिइएको छ।

लेखक कहिले लेखिएको प्रांरम्भिक प्रतिलिपि समयको अवधि #
कैसर 50 ई. पूर्व 900 ई. सन् 950 10
प्लेटो 350 ई. पूर्व 900 ई. सन् 1250 7
अरस्तू* 300 ई. पूर्व 1100 ई. सन् 1400 5
थियूसीडाईडस 400 ई. पूर्व 900 ई. सन् 1300 8
हेरोडोटस 400 ई. पूर्व 900 ई. सन् 1300 8
सैफोक्लेस 400 ई. पूर्व 1000 ई. सन् 1400 100
टाईटस 100 ई. सन् 1100 ई. सन् 1000 20
पिल्नी 100 ई. सन् 850 ई. सन् 750 7

यो लेखक पश्चिमी इतिहासको प्रमुख शास्त्रीय लेखन – अर्थात् यस्तो लेख जसको विकास पश्चिमी सभ्यताको विकासको साथ निर्मित भएको प्रस्तुत गर्दछ। औसत दरमा, तिनीहरुलाई हामी सम्म 10-100 पांडुलिपिहरुको रूपमा एउटा देखि अर्को पीढ़ीसम्म पुराउन्दछ जसलाई मूल लेखको लेखिनु पश्चात् लगभग 1000 वर्षको पश्चात् आरम्भ गर्दै संरक्षित गरिएको थियो।

पूर्वको महान् पुस्तकहरुको साहित्यक आलोचना

आउनुहोस अब हामी प्रचीन संस्कृतिको महाकाव्यहरुलाई हेरौं जुन हामी दक्षिण एशियाको इतिहास र दर्शन माथि धेरै अधिक समझलाई प्रदान गर्दछ। यस लेखहरुमा सबै भन्दा प्रमुख महाभारत को लेख हो, जसमा अन्य लेखहरुको साथमा, भगवद् गीताकुरूक्षेत्र को लड़ाई को वृतान्त पनि सम्मिलित छ। विद्वानहरुले आकलन गर्छन कि महाभारतको विकास यसको आज लेखिएको  स्वरूपमा लगभग 900 ईसा पूर्व बाट भएको हो, तर सबै भन्दा प्राचीन पांडुलिपिको आज पनि अस्तित्वमा पाउने अंश लगभग 400 ईसा पूर्वको आसपास मूल संकलन र प्रांरम्भिक प्रचलित पांडुलिपि बाट लगभग 500 वर्षको अन्तराललाई दिइएको पाइन्छ (संदर्भको लागि विकीको लिंक)। हैदराबादको उस्मानिया विश्वविद्यालयले गर्व साथ भन्दछ कि उनीहरुको पुस्तकालयमा दुइवटा पांडुलिपिको प्रतिलिपिहरु छन, तर यी दुइवटाको तिथि केवल 1700 ईस्वी सन् र 1850 ईस्वी सन् सम्म छ– जुन कि मूल संकलन को हज़ार वर्ष पश्चातको हो। न केवल पांडुलिपि प्रतिलिपिहरुको पछिको तिथि को हो, यद्यपि यो जानकारी कि महाभारत एउटा लोकप्रिय लेखन कार्य थियो यो यसको भाषा र शैलीमा परिवर्तनको पुष्टि गर्दछ, यसमा धेरै  प्रचलित पांडुलिपिको प्रतिलिपिमा धेरै नै उच्च श्रेणीको साहित्यक भिन्नता पाइन्छ। विद्वान जसले यो आंकलन गर्दछन कि महाभारतमा लेखिएको साहित्यक भिन्नता यसरी व्यक्त गर्दछ:

“भारतको राष्ट्रीय महाकाव्य, महाभारत, ले त धेरै नै भ्रष्टताको सामना गरेको थियो। यो लगभग…250000 पँक्तिहरुको हो। यस मध्य, कुनै 26000 पँक्तिहरुमा साहित्यक भ्रष्टता (10 प्रतिशत) पाइन्द छ”– (गिज़लेर, एन एल र डब्लूयु ई निक्स. बाइबलको एउटा सामान्य परिचय. मूडी प्रेस. 1988. पृ 367)

अन्य महान् महाकाव्य, रामायण  हो, जुन लगभग 400 ईसा पूर्वको आसपास संकलित भएको थियो तर यसको प्रांरम्भिक प्रचलित प्रतिलिपि, नेपाल बाट आएको हो, जसको तिथि 11 ईस्वी सन् को शताब्दीमा पाइन्द छ (संदर्भ लिंक) – जुन मूल संकलन बाट लगभग 1500 वर्षको आसपास पाइने प्रांरम्भिक प्रचलित पांडुलिपिको अन्तराललाई देखाउद छ। रामायणको अब कहीं हज़ारौँ प्रचलित प्रतिलिपिहरु पाइन्द छ। यसमा एक अर्कासंग नै व्यापक साहित्यक भिन्नता पाइन्दछ, विशेषगरि उत्तर भारत र दक्षिण भारत/दक्षिण पूर्वी एशियाको मध्यमा। विद्वानहरु यी साहित्यक विभिन्नताहरुको कारण यी पांडुलिपिहरुलाई 300 भिन्न समूहहरुमा वर्गीकृत गरिएको छ।

नयाँ करारको साहित्यक आलोचना

आउनुहोस अब हामी बाइबलको लागि पांडुलिपि आधारित तथ्यको जाँच गरौँ। तल दिइएको तालिका नयाँ करारको सबै भन्दा प्रचीनत्तम प्रतिलिपिहरुलाई सूचीबद्ध गर्दछ। यस मध्य प्रत्येकलाई एउटा नाम दिइएको (अकसर पांडुलिपिलाई खोजकर्ताको नामको माथि)

पांडुलिपि कहिले लेखियो पांडुलिपिको तिथि समयको अवधि
जॉन राएलॉन 90 ई. सन् 130 ई. सन् 40 yrs
बोड़मेर पपाईरस 90 ई. सन् 150-200 ई. सन् 110 yrs
चेस्टर बेट्टी 60 ई. सन् 200 ई. सन् 20 yrs
कोड्डक्स वेटीकानुस 60-90ई. सन् 325 ई. सन् 265 yrs
कोड्डक्स सिनाटिक्स 60-90 ई. सन् 350 ई. सन् 290 yrs

नयाँ करारको पांडुलिपिहरु सँख्यामा अति अधिक छ कि त्यी सबैलाई एउटा तालिकामा सूचीबद्ध गर्न अत्यन्त नै कठिन हुनेछ। जस्तै एउटा विद्वान जसले यस विषयको माथि अध्ययन गर्नुको लागि धेरै वर्षको समयलाई व्यीतत गरेर व्यक्त गरे:

“हाम्रो साथ आज नयाँ करारको अंशहरुको 24000 पांडुलिपिले अधिक प्रतिलिपिहरुको अंश पाइन्छ… प्राचीन कालको कुनै पनि दस्तावेज यति धेरै सँख्या र प्रामाणिकताको पहुँचले  आरम्भ हुदैन थियो। यसको तुलनामा कवि होमर लिखित इलियड हो जुन 643 पांडुलिपिहरुको साथ अर्को स्थानमा आज पनि आफ्नो अस्तित्वमा छ।” मैक्डावेल, जे. प्रमाण जो न्यायको मांग गर्दछ. 1979. पृ. 40)

ब्रिट्रिश संग्रहालयको एउटा अग्रणी विद्वानले यो पुष्टि गर्दछ कि:

“विद्वान एउटा ठूलो सीमा सम्म संतुष्ट छ कि मुख्य यूनानी र रोमी लेखक आफ्नो मूलपाठमा साँचो थियो…तर पनि उनीहरुको लेखनकार्यको प्रति हाम्रो ज्ञान केवल केहि थोरै पांडुलिपिहरु माथि आधारित छ जबकि नयाँ करारको पांडुलिपिहरुको गणना…हज़ारौँ द्वारा भएको छ” (केन्योन, एफ. जी. – ब्रिट्रिश संग्रहालयको पूर्व निदेशक – हाम्रो बाइबल र प्राचीन पांडुलिप. 1941 पृ. 23)

र यी पांडुलिपिहरुको एउटा निश्चित सँख्या अत्यन्त नै प्राचीन हुन्। मसंग प्रारंम्भिक नयाँ करारको दस्तावेजहरुको बारेमा एउटा पुस्तक छ। यसको परिचय यस प्रकारले आरम्भ हुद्छ:

“यो पुस्तक प्रांरम्भिक नयाँ करारको 69 पांडुलिपिहरुलाई प्रतिलिपि…2 शताब्दी देखि आरम्भ हुदै 4 शताब्दी (100-300 ईस्वी सन्) को आरम्भ सम्म…नयाँ करारको मूलपाठलाई लगभग 2/3 भागमा उपलब्ध गर्दछ” (पृ. सांत्वना, नयाँ करारको यूनानी पांडुलिपिको प्रांरम्भिक मूलपाठ”. प्रस्तावना पृ. 17. 2001)

यो महत्वपूर्ण छ किनकी यो पांडुलिपिहरु आरम्भिक अवधि देखि निक्लिएर आएको हो जब सुसमाचारको अनुयायी सरकारी शाक्तिमा थिएन, तर यसको अपेक्षा रोमी सम्राज्य द्वारा तीव्र सतावटको अधीन थिए। यो त्यो अवधि थियो जब सुसमाचार दक्षिण भारत, को केरलमा आयो, र यहाँ पनि सुसमाचारको अनुयायिहरुको समाजसंग कुनै पनि प्रकारले सरकारी शाक्ति थिएन जसले कुनै राजा पांडुलिपिहरुको साथ कुनै किसिमको कुनै चलाकी गर्न सकुन। तल दिइएको आँकडा पांडुलिपिहरुको त्यो अवधिलाई दर्शाउद् छ जसमा बाइबलको नयाँ करार आधारित छ।

आधुनिक बाइबलको अनुवाद प्रारंम्भिक प्रचलित पांडुलिपिहरु बाट भएको हो, जुन अधिकांश 100-200 ईस्वा सन् को मध्यमा गरिएको हो। यो स्त्रोत पांडुलिपिहरु केन्स्टनटाईन वा अन्य धार्मिक-राजनैतिक शाक्तिहरुको आगमन भन्दा धेरै अघि गरिएको हो।

यी सबै हज़ारौँ पांडुलिपिहरु मध्यमा अनुमानित साहित्यक भिन्नता केवल

“20000 देखि 400 पँक्तिहरु हुन्।” (गिज़लेर, एन एल र डब्लूयु ई निक्स. बाइबलको एउटा सामान्य परिचय. मूडी प्रेस. 1988. पृ 366)

यस प्रकार ले मूलपाठ यी सबै पांडुलिपिहरु देखि 99.5% मेल खान्छ।

पुरानो करारको साहित्यक आलोचना

यस्तै केहि पुरानो करारको साथमा छ। पुरानो करारको 39 पुस्तकहरु 1500-400 ईसा पूर्व मध्यमा लेखिएको थियो। यो तल दिइएको आँकडामा देखाएको छ जहाँ निर त्यो अवधि जसमा मूल पुस्तकहरु लेखिएको समयरेखा माथि एउटा दण्डको रूपमा देखाएको छ। हामीसंग पुरानो करारको पांडुलिपिहरुको दुइवटा श्रेणिहरु छ। पांडुलिपिहरुको पांरपरिक श्रेणी मासोरेट्टिकवादी मूलपाठ छ जसलाई लगभग 900 ईस्वी सन् मा प्रतिलिपित गरेको थियो। तथापि 1948 मा पुरानो करारको पांडुलिपिहरुको एउटा अर्को श्रेणी जुन यो भन्दा अधिक धेरै प्राचीन हो– अर्थात् 200 ईसा पूर्व बाट हो र जसलाई मृतक सागर पाण्डुलिपि (मृ सा कुं पत्र) भनि पुकारिने खोजी गरे। यो दुवै पांडुलिपिहरुको श्रेणिहरु आँकडामा देखाएको छ। सबै भन्दा अधिक जुन आश्चार्यजनक छ त्यो यो हो कि चाहे यो समयको एउटा लामो अन्तराल लगभग 1000 वर्षको अन्तर राख्दछ, यस मध्यमा भिन्नता लगभग नाइ को बराबर छ। जस्तै कि एउटा विद्वान ले यसको बारेमा यसरी भने:

‘यो [मृ सा कुं पत्र] मासोरेट्टिकवादी मूलपाठको सटीकतालाई पुष्टि गर्दछ…केवल केहि मात्र उदाहरणहरुलाई छोडेर जहाँ निर मृतक सागरको पाण्डुलिपि र मासोरेट्टिकवादी मूलपाठको मध्यमा हिज्जे र व्याकरणको भिन्नता पाउदछ, यो दुवै आश्चार्यजनक रूपले समान छन’’ (ऐम. और. र्नोटन, बाइबलको उत्पत्तिमा पुरानो करारक पांडुलिपिहरु)

उदाहरणको लागि, जब हामी यस रामायण लाई साहित्यक भिन्नताको साथ तुलना गर्छौं, तब पुरानो करारको मूलपाठको स्थायित्व बढी सजिलोसंग उल्लेखनीय रूपमा जाद्छ।

यो समयरेखाले यो देखाउद छ कि बाइबलको पुरानो करार पांडुलिपिहरु मासोरेट्टिकवादी ले मृतक सागर पाण्डुलिपिमा परिवर्तित भएनन यद्यपि यो एक अर्का देखि लगभग 1000 वर्षको अन्तरालमा छ।
यो समयरेखाले यो देखाउद छ कि बाइबलको पुरानो करार पांडुलिपिहरु मासोरेट्टिकवादी ले मृतक सागर पाण्डुलिपिमा परिवर्तित भएनन यद्यपि यो एक अर्का देखि लगभग 1000 वर्षको अन्तरालमा छ।

सारंश: बाइबल साहित्यक रूपले विश्वनीय

अब हामी यस तथ्य बाट के सारांश निकाल्नु सक्छौं? निश्चित रूपले कम से कम हामी निष्पक्षताले यो गणना गर्न सक्छौ कि (पांडुलिपिहरुको सँख्याको मात्रा, मूल र प्रारंम्भिक प्रचलित पांडुलिपिको मध्यमा समयको अवद्यि, र पांडुलिपिहरुको मध्यमा साहित्यक भिन्नताको स्तर) को बाइबल कुनै पनि अन्य प्राचीन लेखन कार्यको अपेक्षा ठूलो उच्च स्तरमा सत्यापित हुद्छ। यो निर्णय जुन हाम्रो प्रमाणहरु सहित अघिको तर्फ बढ्दछ आफ्नो सर्वोत्म रूपमा निम्नलिखित अभिव्यक्ति द्वारा प्रगट गरिएको छ:

नयाँ करारको अनुप्रमाणित मूलपाठको प्रति सन्देहवादी हुनु शास्त्रीय प्राचीनतालाई अस्पष्टतामा गुमाउनु हो, किनकी प्राचीन समयकालको कुनै पनि दस्तावेजको संदर्भग्रन्थ को तेती राम्रो पुष्ट भएको छैन जति राम्रोसंग नयाँ करारको भएको छ” (मोन्टागोमरी, मसीहतको इतिहास. 1971, पृ. 29)

त्यो जुन सबै कुरा भनिएको छ त्यो तर्कयुक्त हुनु पर्छ, यदि हामी बाइबलको साहित्यक विश्वसनीयताको माथि सन्देह गर्यौं भने तब हामीले साथै त्यो सबै कुरालाई इन्कार गरि दिने छौँ जसलाई हामीले इतिहासको बारेमा सामान्य रूपले जान्दछौं– र यसलाई कुनै पनि सूचित इतिहासकारले कहिले पनि गरेको थिएन। हामी जान्दछौं कि बाइबलको मूलपाठ कुनै पनि परिवर्तित भएको छैन जबकि शताब्दीहरु, भाषाहरु र सम्राज्य आए अनि गए जब कि प्रांरम्भिक पांडुलिपिहरु यी सबै घटनाहरु भन्दा पहिलेको तिथिका हुन्। बाइबल एउटा विश्वसनीय पुस्तक हो।