पद 3 र 4 – पुरूषाको देहधारण

पुरूषासूक्ता पद 2 बाट अघि निम्न कुराहरु को साथ मा जारी रहन्द्छ। (संस्कृतिको भाषान्तरण र पुरूषाको माथि मेरो धेरै विचार जोसफ़ पदनीज़ेरकारा द्वारा रचित पुस्तक प्राचीन वेदहरुमा मसीह (346 पृष्ठ को, 2007 मा लेखिएको) नामक पुस्तकको अध्ययन बाट आएको हो।)

संस्कृत में  नेपली भाषान्तरण 
इतवन् अस्य महिम अतो ज्ययम्स्च पुरूष:पादो-अस्य विस्व भ् उ तनि त्रिपद् अस्यम्र्त्म् दिवित्रिपद् उर्ध्व उदैत् पुरुष: पदोउ-अस्येह अ भवत् पुन: ततो विस्वन्न्वि अक्रमत् ससननसने अभि सृष्टिमा पुरूषाको महिमा – उसको महिमा अति प्रतापयोग्य छ। ऊ यस सृष्टि भन्दा पनि धेरै अधिक महान् छ। पुरूषा [उसको व्यक्तितत्व] को एक चौथाई भाग यस जगत मा छ। उसको तीन चौथाई भाग अहिले पनि स्वर्गक अनन्तता मा वास गर्दछ। पुरूषा स्वयं आफैको तीन चौथाईको साथ माथि को तर्फ उठेको छ। उसको एक चौथाईको जन्म यहाँ भएको थियो। जस बाट उसले सबै जीवित प्राणिहरुमा जीवनको विस्तार गरेको थिए।

यहाँ यस्तो कल्पनाको प्रयोग भएको छ जसलाई बुझ्न कठिन छ। तापनि, यो स्पष्ट छ कि यो पद पुरूषाको महानता र प्रतापको बारेमा कुरा भई रहेको छ। यसले स्पष्ट भन्दछ कि ऊ आफ्नु सृष्टिको तुलनामा अति महान् छ। हामीले यो पनि बुझ्न सक्छौ कि यस जगतमा उसको महानताको केवल एक भाग मात्र प्रगट भएको छ। तर साथ साथै यस जगतमा उसको देहधारण अर्थात् अवतारको पनि कुरा भएको छ– यस्तो जगत जहाँ तपाईं र म वास गर्दछौं (‘उसको एक चौथाईको जन्म यहाँ भएको थियो’)। त्यस कारण जब परमेश्‍वरले देहधारण गर्नु भयो तब यस जगतमा उहाँको महिमाको केवल एक भाग मात्र प्रगट भयो। जब उहाँले जन्म लिनु भयो तब उहाँले स्वयमलाई शून्य पार्नुभयो। यो पद 2 मा पुरूषाले – स्वयं लाई ‘दस औलाहरुमा सीमित गर्नु भयो’ को वर्णनको अनुरूप हो।

साथैमा यो जुन तरिकाले वेद पुस्तक (बाइबल) मा नासरीको येशूको देहधारण अर्थात् अवतारको वर्णनको अनुरूप पनि हो। यो उहाँको लागि यस प्रकार ले भनिएको थियो:

मेरो उद्देश्य यो हो कि… प्रेममा एकसाथ बाँधिएर तिनीहरुका हृदय प्रोत्साहित होऊन्, र पक्का समझका परिपूर्णताको सम्पत्ति र परमेश्‍वरका रहस्यको ज्ञान, अर्थात् ख्रीष्टलाई प्राप्त गरुन्। उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति छिपेका छन्। (कलस्सी 2:2-3)

यस प्रकारले परमेश्‍वरको देहधारण अर्थात् अवतार मसीह हुनुहुन्थो तर यसको प्रगटीकरण धेरै मात्रामा ‘छिपेको’ थियो। यो कसरी ‘छिपेको’ थियो? यसको व्याख्या यसरी दिएको छ:

तिमीहरुमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो:

6 परमेश्‍वरको स्वरुपमा भएर पनि

उहाँले परमेश्‍वरको बराबरी हुने

कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो

ठान्नुभएन;
7 तर आफैलाई रित्याईकन

कमराको रुप धारण गरेर,

तथा मनुष्य भएर जन्मनुभयो।

8 स्वरुपमा मानिसजस्तै भएर

आफैलाई होच्याउनुभयो,

र मृत्युसम्मै, अर्थात् क्रूसमा मृत्युसम्मै

आज्ञाकारी रहनुभयो!

9 त्यसैकारण परमेश्‍वरले उहाँलाई अति

उच्च पार्नुभयो,

र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो

जो हरेक नाउँभन्दा उच्च छ, (फिलिप्पी 2:5-9)

यस प्रकारले आफ्नु देहधारण अर्थात् अवतारमा येशूले ‘स्वयंलाई शून्य’ गर्नु भयो र त्यो स्थितिमा स्वयंलाई बलिदान दिनको लागि तयार गर्नु भयो। उहाँले आफ्नो महिमाको केवल अंश मात्र प्रकट गर्नु भयो, ठीक त्यसै गरि जसरी पुरूषासूक्ता ले बताउद छ। यस्तो उहाँको हुने वाला बलिदानको कारणले भएको हो। पुरूषासूक्ता यस विषयको अनुसरण गर्दछ किनकी यी पदहरुको पश्चात् यो पुरूषाको अंशको महिमा बाट उसको बलिदानको माथि ध्यान केन्द्रित गर्ने वर्णनको तर्फ लाँद्छ। यसलाई हामीले हाम्रो अर्को पोस्ट अर्थात लेखमा हेर्नेछौ।