येशूको बलिदानले कसरी शुद्धताको वरदानलाई प्राप्त गर्दछौं?

येशूको बलिदानले कसरी शुद्धताको वरदानलाई प्राप्त गर्दछौं?

येशू सबै मानिसहरुको लागि आफ्नो बलिदान दिनलाई आए। यी सन्देशहरु प्राचीन ऋग्वेदको  भजनहरुमा पूर्णचित्रण स्वरूप र साथै प्रतिज्ञाहरु मा र प्राचीन इब्रानी वेदहरुमा पाइन्छ। येशू त्यो प्रश्नको उत्तर हो जसलाई हामीले प्रत्येक पटक उचारण गरि प्ररथा स्नाना (वा प्रतासना) मंत्र प्रार्थनाको समयमा सोध्दछौँ। यो कसरी हुनु सक्छ? बाइबल (वेद पुस्तक) ले कर्महरुको एस्तो व्यवस्थालाई घोषणा गर्दछ जसदेखि हामी सबै प्रभावित छौँ जसले हामीलाई प्रभावित पार्दछ:

किनकी पापको ज्याला मृत्यु हो… (रोमी 6:23)

तल मैले एउटा उदाहरण द्वारा कर्महरुको व्यवस्थालाई देखाएको छु। “मृत्यु” को अर्थ  सम्बन्ध विच्छेद हुनु हो। जब हाम्रो प्राण हम्रो शरीरबाट अलग हुन्छ तब हामी शारीरिक रूपमा मर छौँ। त्यसै गरि हामी आत्मिक रूपमा परमेश्‍वर बाट अलग हुन्छौं। यो यस कारण सत्य हो किनकी परमेश्‍वर पवित्र (पाप रहित) हुनुहुन्छ।

हामी परमेश्‍वर बाट अलग हुनुको कारण हाम्रो पापहरु हो जसमा हामी यस्तो छौ कि दुई पहाडको बीच एउटा ठूलो खाडल
हामी परमेश्‍वर बाट अलग हुनुको कारण हाम्रो पापहरु हो जसमा हामी यस्तो छौ कि दुई पहाडको बीच एउटा ठूलो खाडल

हामी स्वयंले यस्तो चित्रण गर्नु सक्छौ कि एउटा पहाडमा हामी र अर्को पहाडमा परमेश्वर र हामीहरु अति गहिरो पापको खाडलले अलग गरिएको छौँ।

यो विच्छेदले दोष र डरको उत्पन्न गर्दछ। त्यसैले हामी स्वाभाविक रूपमा एउटा पुल निमार्ण गर्ने कोशिश गर्छौँ जसले हामीलाई एक तर्फ बाट (मृत्यु बाट) परमेश्‍वरको तर्फ लिएर जान्छ। हामीहरुले बलिदान चढाउछौँ, पूजा पाठ गर्छौँ, तपस्या गर्छौँ, चाडहरुमा सहभागी हुन्छौं, मन्दिरहरु जान्छौं, धेरै प्रकारको प्रार्थनाहरु गर्छौँ र हाम्रो पापहरु कम वा नगर्ने प्रयास गर्छौँ। कर्महरुको यो सूचीले योग्यता प्राप्त गर्नको लागि हामीहरुलाई निकै लामो हुनु सक्दछ। समस्या यो हो कि हाम्रो प्रयास, योग्यता, बलिदान र तपस्याको अभ्यास आदि., यद्यपि यिनीहरु स्वयंमा खराब होइनन, तर पनि यो पर्याप्त छैन किनकी जुन ज्यालाको आवश्यक थियो (मजदूरी) हाम्रो पापहरुको लागि त्यो ‘मृत्यु’ हो। यसको चित्रण अर्को चित्रमा गरिएको छ।

धार्मिक योग्यता– यद्यपि असल हुनसक्छ र पनि– हाम्रो र परमेश्‍वरको मध्यको सम्बन्ध विच्छेदको पुललाई पार गर्न सक्दैनौ।
धार्मिक योग्यता– यद्यपि असल हुनसक्छ र पनि– हाम्रो र परमेश्‍वरको मध्यको सम्बन्ध विच्छेदको पुललाई पार गर्न सक्दैनौ।

हाम्रो धार्मिक प्रयासहरुद्वारा हामीले यस्तो ‘पुल’ को निर्माण गर्छौँ जसले परमेश्‍वर बाट अलग हुने मार्गलाई बनाउने कोशिश गर्दछ। यद्यपि यो खराब होइन, यसले हाम्रो समस्याको समाधान गर्दैन किनकी यो पूर्णरुपले अर्को तर्फ जान सफल हुँदैन। हाम्रो प्रयास पर्याप्त हुँदैन। यो त कैंसर (जसको अन्त मृत्यु हो) लाई केवल साग सब्जि खाएर निको हुन्छ भने जस्तो हो। साग सब्जि खानु धेरै राम्रो हो– तर यसले कैंसरलाई निको पर्न सक्दैन। यसको लागि तपाईंलाई पूर्णरुपले भिन्न उपचारको अवश्यकता छ। हामीले यी प्रयासहरुद्वारा एक धार्मिक योग्ताहरुले एउटा यस्तो ‘पुल’ को रूपमा चित्रण गर्न सक्छौँ जसले केहि-टाडा-सम्म खाडलमा गए जस्तो– हामीलाई फेरि पनि परमेश्‍वर बाट अलग नै राख्दछ।

कर्मको व्यवस्था एउटा खराब समाचार हो– यो यति सम्म खराब छ कि हामी यसको बारेमा सुनन मन पराउदैनौ र हामी आफ्नो जीवनहरुको धेरै प्रकारको गतिविधिहरु र यस्तो कुराहरु बाट यो आशा गर्दछौं कि यो व्यवस्था हटि जानेछ– र यो यस्तो तब सम्म हुने छ जब सम्म हाम्रो परिस्थितिहरुको बोझ हाम्रो प्राणहरुलाई चारै तिर बाट घेर्ने छ। तर बाइबल कर्महरुको व्यवस्थाको साथमा अन्त हुँदैन।

किनकी पापको ज्याला मृत्यु हो तर …(रोमी 6:23)

एउटा सानो शब्द ‘तर’ ले यहाँ व्यवस्थाको दिशालाई देखाउदछ कि यो अब अर्को तर्फ, अर्थात् शुभ सन्देश – सुसमाचार तर्फ जानको लागि तैयार छ। यो त्यस्तै कर्महरुको व्यवस्था हो जसले मोक्ष र प्रकाशित हुने एउटा व्यक्तिलाई उल्टाउने छ।  यसकारण मोक्षको शुभ सन्देश के हो?

किनकी कि पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको सित्तैको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो (रोमी 6:23)

सुसमाचारको शुभ सन्देश चाहिँ यो हो कि येशूको मृत्युको बलिदान हाम्रो र परमेश्‍वरको बीचको विच्छेदलाई भर्ने पुल नै पर्याप्त छ। हामीले यो जान्दछौं कि मृत्युको तीन दिन पछि येशू शारीरिक रूपमा बरु उठनु भयो, भौतिक रूपमा पुनरूत्थानद्वारा एक पटक फिरी जीवित भई आउनु भयो। यद्यपि आज धेरै मानिसहरुले येशूको पुनरूत्थानमा अविश्‍वास गर्ने छनौट गर्छन तर यो विरोधमा एउटा शक्तिशाली प्रमाण देखिद्छ जसलाई सार्वजनिक भाषणमा दिएको छ जुन एउटा विश्वविद्यालयमा दिएको थियो (यो विडियो लिंक लाई खोनुहोस)।  प्रभु यीशु स्वर्ग मा जानु भयो अनी अपनो भेटी परमेश्वर लाई चढाऊनू भयो । एक अर्थ मा, वहाँ ले एस्तो पूजा अर्थात् अराधना लाई, सबै लोग को बदला मा, स्वयं भेटी चढाउँदे, पाप को साफ गर्नो को लागी स्वयं लाई अपर्ण गर्दे, जो परमेश्वर को स्वीकारयोग्य छ।

येशू त्यो पुरूष हुनुहुन्छ जसले पूर्णरुपमा बलिदान दिनु भयो। किनकि उहाँ एक मनुष्य हुन्थ्यो त्यसैले उहाँ पुल बन्ने योग्यको हुनुहुन्थो जसले त्यो खाडललाई भरी दिन्थ्यो र यसले मनुष्य तर्फको भागलाई छुद्थ्यो र किनकी उहाँ पूर्ण हुनुहुथ्यो जसले परमेश्‍वर तर्फको भागलाई छुद्थ्यो। उहाँ जीवनको पुल हुनुहुथ्यो र यो तल दिएको चित्रले व्यख्या गर्दछ

येशू एउटा यस्तो पुल हो जसले परमेश्‍वर र मानिसको बीचको खाडललाई भरी दिएको छ। उहाँको बलिदान हाम्रो पापको मूल्य तिरेको छ।
येशू एउटा यस्तो पुल हो जसले परमेश्‍वर र मानिसको बीचको खाडललाई भरी दिएको छ। उहाँको बलिदान हाम्रो पापको मूल्य तिरेको छ।

ध्यान दिनुहोस कसरी येशूको बलिदान हामीलाई दिएको छ। यो हामीलाई एउटा… ‘वरदान’  अर्थात् उपहारको रूपमा दिएको छ। वरदान अर्थात् उपहारहरुको बारे मा सोच्नुहोस्। यो महत्वपूर्ण होइन कि वरदान के हो, यदि यो वास्तवमै एउटा वरदान हो भनि यो यस्तो हो कि जसलाई पाउनको लागि तपाईंले केहि काम गर्नु भएको छैन र यो तपाईंले आफ्नो योग्यताद्वारा कमाउनु भएको होइन। यदि तपाईं कमाउनु भएको हो भने उपहार कुनै उपहार रहने छैन! त्यसै गरिनै येशूको बलिदानलाई तपाईंको योग्यता वा कमाईले कमाउन सक्नु हुँदैन। यो तपाईंलाई उपहार स्वरूप दिएको हो।

र त्यो उपहार के हो? त्यो ‘अनन्त जीवन’ हो। यसको अर्थ हो कि त्यो पाप जसले तपाईंमा मृत्यु ल्याउद थियो अब त्यो रद्द भयो। येशूको बलिदान एउटा पुल हो जसको माथि तपाईं हिडेर परमेश्‍वरको साथमा सम्पर्क स्थापित गर्नु सक्नु हुन्छ र जीवन प्राप्त गर्नु सक्नु हुन्छ – जुन सधै बनि रहन्छ। यो वरदान अर्थात् उपहार येशूद्वारा दिएको हो जुन, मृत्यु बाट उठेर, आफुलाई ‘प्रभु’ को रूपमा प्रकट गर्नु भयो।

त्यसो भए तपाईं र मैले यो जीवनको पुललाई कसरी ‘पार’ गर्नु सक्छौँ जसलाई येशूले एउटा वरदानको रूपमा हामीलाई दिनु भयो? फेरि पनि, उपहारको बारेमा सोच्नुहोस्। यदि कोई आयो र तपाईंलाई उपहार दियो यो केहि कुरा जसको लागि तपाईंले केहि काम गर्नु भएको थिएन। तर उपहार बाट केहि लाभ पाउनुको लागि तपाईंले यसलाई ‘प्राप्त’ गर्नु पर्दछ। जैलेपनि तपाईंलाई कुनै एउटा उपहार दिदा त्यहाँ दुई ओटा विकल्प हुन्छ। या त उपहार अस्वीकार गर्नु (“नाई, तपाईंलाई धन्यवाद”) वा यसलाई स्वीकार गर्नु (“यो उपहारको लागि तपाईंलाई धन्यवाद। म यसलाई लिनेछु”)। त्यसैले येशूले हामीलाई दिएको यो उपहारलाई स्वीकार गर्नु पर्छ। यो केवल साधारण रूपमा ‘विश्‍वास’, यसको ‘अध्ययन’, वा यसले ‘बुझने’ हुन् सक्दैन्। यो चित्रणलाई अर्को चित्रमा व्यख्या गरेको छ जहाँ हामी परमेश्‍वरको तर्फ फर्कन पुलमा ‘हिडदै’ र त्यो उपहारलाई प्राप्त गर्दे जुन हामीलाई दिने प्रस्ताव दी रहनु हुनेछ।

येशूको बलिदान एउटा यस्तो उपहार हो जुन हामी प्रत्येकले प्राप्त गर्न रोज्नु पर्दछ
येशूको बलिदान एउटा यस्तो उपहार हो जुन हामी प्रत्येकले प्राप्त गर्न रोज्नु पर्दछ

त्यसोभए हामीले यो उपहार कसरी प्राप्त गर्नु सक्छौँ? बाइबलले यसो भन्छ कि

प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ (रोमियों 10:12)

ध्यान दिनुहोस यो प्रतिज्ञा ‘हरेकको’ लागि हो, न कि कुनै विशेष धर्म, जाति वा देशको लागि। किनकी उहाँ मृत्यु बाट उठनु भयो येशू अहिले पनि जीवित नै हुनुहुन्छ र उहाँ ‘प्रभु’ हुनुहुन्छ। त्यसैले यदि तपाईंले उहाँलाई पुकार्नु भयो भने उहाँले सुन्नु हुनेछ र उहाँको जीवनको उपहार तपाईंलाई दिनु हुनेछ। उहाँसँग वार्तालाप गरेर- तपाईंले उहाँ पुकार्नु र माग्नु आवश्यक छ। शायद तपाईंले यो कहिल्यै पनि गर्नु भएको छैन। यहाँ एउटा दिशानिर्देश दिएको छ जसको मददद्वारा तपाईंले उहाँसँग वार्तालाप र प्रार्थना गर्नु सक्नुहुन्छ। यो कुनै जादूले भरिएको मंत्र होइन। यो कुनै विशेष शब्द होइन जसले सामर्थ दिन्छ। यो केवल उहाँको योग्यता र उहाँद्वारा हामीलाई उपहार दिनको इच्छा माथि एउटा भरोसा गर्नु हो। जब हामी उहाँ माथि भरोसा गर्दछौं तब उहाँले हामीलाई सुन्नु हुन्छ र उत्तर दिनु हुन्छ। त्यसैले यस दिशानिर्देशलाई पछ्याउनको लागि स्वतंत्रताको महसूस गर्नुहोस् जब तपाईं ठूलो आवाजमा वा आफ्नो आत्मामा येशूसँग कुरा गर्नु हुन्छ र उहाँको उपहारलाई प्राप्त गर्नु हुन्छ।

प्यारो प्रभु येशू। म जान्दछु कि मेरो जीवनको पापहरुको साथमा म परमेश्‍वर बाट अलग भएको छु। यद्यपि मैले आफ्नो सर्वोत्तम कोशिशहरु गरे, तापनि मरो कुनै प्रयास र बलिदान यस सम्बन्ध विच्छेदलाई भर्न स्कदैन। तर म जान्दछु कि तपाईंको बलिदान हामी सबै पाप धुनको लागि पर्याप्त थियो– मेरो पापहरु पनि। म विश्‍वास गर्दछु कि तपाईं आफ्नु बलिदान पश्चात मृत्यु बाट उठनु भयो त्यसैले म जान्दछु कि तपाईंको बलिदान पर्याप्त है। म तपाईंसँग प्रार्थना गर्दछु कि मलाई मेरो पापहरु बाट शुद्ध गर्नुहोस् र मलाई परमेश्‍वरसँग नजिक ल्याउनु होस् ताकि मैले अनन्त जीवन प्राप्त गर्नु सकु। म यस्तो जीवन जिउन चाहदिन जुन पापको दासत्व होस् त्यसैले कृपा गरि मलाई यी पापहरु बाट शुद्ध गर्नुहोस् जसले मलाई कर्म बन्धनमा जकडेका छन्। हे प्रभु येशू, मेरो लागि गर्नु भएको सबै कुराहरुको लागि र अब निरन्तर मलाई मेरो जीवनमा मेरो प्रभुको रूपमा मार्गदर्शन दि रहनुको लागि तपाईंलाई धन्यवाद।